चलचित्र ‘यात्रा’को ट्रेलर सार्वजनिक

काठमाडौं । सोमबार एक प्रतिक्षित चलचित्र ‘यात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । सिने क्षेत्रले नै निकै आशा गरेको यो चलचित्र यात्राको क्रममा आउने उतार चढाव, माया प्रेम र द्वन्द्वको कथामा निर्माण गरिएको छ ।

चलचित्रमा सलिनमान बनियाँले एक भ्लगरको भूमिका निर्वाह गरेका छन् । यो चलचित्रमार्फत सम्राट शाक्यले निर्देशनमा डेब्यु गर्दैछन् । चलचित्रको कथासमेत निर्देशक आफैले लेखेका हुन् ।

चलचित्रमा सलिनमानसँगै डेब्यू गर्ल मलिका महत, सलोन बस्नेत, प्रेक्षा बज्राचार्य, रेयर राई, जान्वी बस्नेत, विशाल कटुवाल, जय नन्द लामा, धिरेन शाक्य, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा निर्माता सुशील पोखरेल र कार्यकारी निर्माता सर्जुमान लिगलको लगानी रहेको छ । चलचित्र चैत्र २९ गतेबाट प्रदर्शनमा आउँदै छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर