• २०८३ असोज २७ मंगलबार
  • Tuesday, 13 October, 2026

लिभरपुललाई सिटीको नराम्रो झड्का

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार दस खेलाडीमा सीमित लिभरपुललाई ३–० ले पराजित गरेको छ ।

एनफिल्डमा भएको खेलको दोस्रो हाफमा इर्लिङ हालान्ड, जेरेमी डोकु र रायन सेर्कीले गोल गरे । यससँगै प्रशिक्षकमा एन्जो मारेस्को आएयता सिटीको लिगमा शतप्रतिशत सुरुआत कायम रह्यो । लिभरपुलले भने दोहोरो पहेँलो कार्डमा रायन ग्राबेनबर्चलाई गुमाएको थियो ।

सिटीको ६ खेलबाट १८ अंक भएको छ र शीर्षमा उसलाई तीन अंकको अग्रता प्राप्त छ । लिभरपुल भने नौ अंकमा नवौं स्थानमा छ । आइतबारका अन्य खेलमा क्रिस्टल प्यालेसले नटिंघम फरेस्टलाई ३–१ ले हराएको थियो भने हल सिटी र एभरटनले २–२ को बराबरी खेले ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर