• २०८३ असोज २८ बुधबार
  • Wednesday, 14 October, 2026

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा रामहरि खतिवडा जित उन्मुख

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको खुलातर्फको सहमहामन्त्री पदमा रामहरि खतिवडा जित उन्मुख रहेका छन्।

खुलातर्फको मतगणनामा खतिवडाले सर्वाधिक २ हजार १७८ मत प्राप्त गरेका छन्। प्राप्त मतपरिणामअनुसार अजयबाबु शिवाकोटीले १ हजार ५६, डिल्लीराम सुवेदीले १ हजार ३३० मत प्राप्त गरेका छन् भने देवेन्द्रराज कँडेल १ हजार १२ मत ल्याएका छन्।

त्यस्तै, विकास कोइरालाले ८१५, राजीव ढुंगानाले ९०१, रमेशप्रसाद धमलाले ५८० र अमृतकुमार अर्यालले ६६६ मत प्राप्त गरेका छन्। विमलराज क्षेत्रीले १९६ मत प्राप्त गरेका छन्।

हालसम्म सहमहामन्त्री खुल्ला ५ हजार ८९ मत गणना भइसकेको छ।

सहमहामन्त्री खुलातर्फका उम्मेदवारले प्राप्त गरेको मत

१. रामहरि खतिवडा -२१७८

२. अजयबाबु सिवाकोटि - १५५६

३. डिल्लिराम  सुवेदी  -१३३०

४. देवेन्द्र राज कडेल -१०१२

५. राजिव ढुंगाना - ९०१

६. विकास कोइराला -८१५

७. अमृत कुमार अर्याल -६६६

८. रमेश प्रसाद धमला -५८०

९. विमलराज क्षेत्रि -१९६

उल्लेखित मतपरिणामका आधारमा रामहरि खतिवडा सबैभन्दा अगाडि देखिएका छन्। निर्वाचनको अन्तिम परिणाम र विजयी उम्मेदवारको आधिकारिक घोषणा भने सम्बन्धित निर्वाचन समितिबाट पुष्टि हुन बाँकी छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर