सनी लियोनले चोरिन् केक भिडियो भयो भाइरल  

एजेन्सी । अभिनेत्री सनी लियोनको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा उनी केक चोरिरहेको देखिन्छिन् । यो भिडियो एक एफएम रेडियो स्टेशनमा शूट गरिएको हो । सनी भिडियोमा केक चोरेर आफ्नो ब्यागमा राख्दै गरेको देखिन्छिन् । 

चोरी गर्दागर्दै समातिएपछि उनी भन्छिन् – हाम्रा साथीहरु मेहनतसँग काम गरिरहेका छन् । तर उनीहरुका लागि थोरै पनि केक बाँकी नराख्ने । भिडियो सनीले आफ्नो ट्वीटर अकाउण्टबाट शेयर गरेकी छन् । 

उनले भिडियोसँगै लेखेकी छन् – हो म कामका क्रममा मजाले रमाइलो गर्छु । यति गर्दा पनि मेरो टिम मलाई केकको एक टुक्रा पनि दिँदैन । म आफै केक लिन्छु र खान्छु । 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर