अस्ट्रेलियाकी सांसद हेन्सलाई कारले ठक्कर दियाे, कस्ताे छ अवस्था?
एजेन्सी। अस्ट्रेलियाकी सांसद हेलेन हेन्सलाई वांगाराटास्थित उनको कार्यालय बाहिर कारले ठक्कर दिएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले यसलाई "नियोजित घटना" (आक्रमण) भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
प्रहरीले यस घटनामा संलग्न ४३ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ र उनको गाडीबाट चक्कु समेत बरामद गरेको छ। घटनाको यकिन कारण खुलेको छैन, तर आतंकवाद विरोधी प्रहरी यसको अनुसन्धानमा जुटेको छ। यस घटनापछि राजनीतिज्ञहरूको सुरक्षा र बढ्दो राजनीतिक तनावलाई लिएर देशमा बहस सुरु भएको छ।
प्रधानमन्त्री अल्बानीजले अस्ट्रेलियन मिडियासँग कुरा गर्दै यो कुनै दुर्घटना नभई जानीजानी गरिएको कार्य जस्तो देखिएको बताएका छन्।
प्रहरीका अनुसार गम्भीर घाइते भएकी हेन्सलाई अस्पताल लगिएको छ र यो जानाजानी गरिएको हो वा होइन भन्ने बारे अनुसन्धान भइरहेको छ।
हेन्स भिक्टोरिया राज्यको वांगाराटास्थित उनको क्षेत्रीय कार्यालय नजिकैको कारपार्कमा ४x४ गाडीको ठक्करबाट घाइते भएकी हुन्।






प्रतिकृया दिनुहोस