दुई महिनादेखि तलब नपाएपछि सफाई कर्मचारी आन्दोलित 

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका सफाई कर्मचारीहरु तलबको माग गर्दै आन्दोलित भएका छन् ।

दुई महिनादेखि तलब नपाएको भन्दै सफाई कर्मचारीहरु आन्दोलनमा होमिएका हुन् । दुई महिनाको तलब नपाएपछि सफाई कर्मचारीहरु आज कार्यालयको मूल गेट अगाडी नै धर्नामा बसेका छन् । तलब माग्ना जाँदा उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले गाली गलौज गरेपछि आफूहरुलाई धर्नामा बस्नु परेको कुशेश्वर मेस्तरले बताए । 

उनले भने ‘मेयर साहबसंग तलबका लागि पटक पटक गुहार लगाउँदा समेत कुनै सुनुवाई भएको छैन ।’ उनले तलब माग्न जाँदा बोर्ड मिटिंग बसेपछि मात्रै तलब निकासा हुने बारम्बार आश्वासन दिएपनि दुई महिनाको तलब नपाएको आरोप लगाए । सफाई कर्मचारीहरु विगत एक महिनादेखि तलबका लागि दवाब बनाउँदै आएपनि तलब निकासाप्रति उपमहानगरले चासो देखाएको थिएन । 

सफाई कर्मचारीहरु आन्दोलनका कारण नगरको सफाईमा ध्यान नदिदा नगर नै दुर्गन्धित हुन थालेको छ । नगरको विभिन्न ठाउँमा सडकको थुप्रो लागेको छ ।  यता उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले सफाई कर्मचारीहरुको समस्या चाँडै समस्या समाधान हुने दावी गरेका छन् । 

तलबको नाउँमा मासिक ३ लाखभन्दा बढी निकासा हुँदै 

जनकपुरधाम उपमहानगरमा ४५ जना सफाई कर्मचारीहरु कार्यरत छन् । २५ वटा वडाका लागि ४५ जना सफाई कर्मचारी राखिएपनि ६५ जनाको तलब मासिक निकासा हुँदै आएको कुशेश्वरले आरोप लगाए । उनले आफूहरुसंग औँठा छाप लगाएर ६५जनाको तलब मासिक रुपमा निकासा हुँदै आएको बताए ।

उनका अनुसार उपमहानगरले सफाई कर्मचारीको तलबको नाउँमा ३ लाख ६० हजार भन्दा बढी रुपैया निकासा हुँदै आएको छ । आफूहरुलाई सुइको नै नदिई उपमहानगरका सफाई ईन्चार्ज ललन कर्णले तलब निकासा गर्दै आएको र तलब हामीकहाँ नआई पुग्दा आन्दोलनमा होमिएको सफाई कर्मचारीहरुको भनाई छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर