बुटवलमा रणनैतिक व्यवस्थापन तालिम सुरु

बुटवल । बुटवल उद्योग वाणिज्य संघ र औद्योगिक व्यवसाय बिकास प्रतिष्ठान रुपन्देहीको आयोजनामा आजदेखि बुटवलमा ५ दिने रणनैतिक व्यवस्थापन तालिम सुरु भएको छ ।

बुटवल उद्योग वाणिज्य संघको सचिवालय वालमन्दिरमा सञ्चालित तालिममा प्रतिष्ठानका बुटवल प्रमुख मुकुन्द ज्ञवाली र अधिकृत द्धय योगेन्द्र श्रीस, सरिता ज्ञवालीले सहजीकरण गर्ने छन् । तालिमको उद्घाटन गर्दै संघका पुर्व अध्यक्ष तथा प्रतिष्ठानका पुर्व सञ्चालक समिति सदस्य ज्ञानेन्द्र कसजूले जोखिम र चुनौतीको सामना गर्न नसक्ने व्यक्ति व्यवसायी बन्न नसक्ने बताए । 

उनले जोखिम र चुनौतीको सामना गर्ने कला र सीप सिकेर खरो रुपमा उत्रने व्यक्ति नै सफल व्यवसायी बन्ने बताए । अर्का पुर्वअध्यक्ष नवराज श्रेष्ठले नेपालमा सुरु सुरुमा व्यापारको सम्भावना बढी र चुनौती कम भएकोमा अहिले त्यसको ठिक उल्टो भएको बताए । 

उनले युवा उद्यमीहरुले नया सीप र ज्ञान सिकेर नयाँ नयाँ क्षेत्रमा लगानी गर्नु पर्ने बताए । संघका अध्यक्ष खिम बहादुर हमालले व्यापार व्यवसायको बिशिष्टीकरण र व्यवसायीको क्षमता अभिबृद्धिका लागि संघले बिभिन्न सस्थासंगको सहकार्यमा अभियानात्मक कार्यक्रमहरु गरीरहेको बताए ।

कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू, महासचिव दिनेश प्रसाद श्रेष्ठ र औद्योगिक व्यवसाय बिकास प्रतिष्ठान रुपन्देहीका प्रमुख मुकुन्द ज्ञवालीलगायतले कार्यक्रमका बारेमा चर्चा गरेका थिए ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर