सुनको भाउ: दुई लाख ८२ हजार तीन सय
काठमाडाैं। नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढेको छ भने चाँदी घटेको छ।
सोमबार तोलामा तीन हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला दुई लाख ८१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ।
सोमबार प्रतितोला तीन हजार नौ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार नौ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो।



.2026-10-26-12-34-21.jpeg)


प्रतिकृया दिनुहोस