इच्छाकामनामा बेरोजगारको तथ्याङ्क सङ्कलन भएन

चितवन ।  चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा अझै बेरोजगारको तथ्याङ्क सङ्कलन सुरु हुन सकेको छैन ।

 चैत १ गतेदेखि देशभर सुरु भएको तथ्याङ्क सङ्कलन उक्त गाउँपालिकामा भने सम्बन्धित कर्मचारीे अनुपस्थितिका कारण हुन नसकेको हो । गाउँपालिकाको रोजगार संयोजकमा नियुक्त भई आउनुभएका अधिकृत तहका कर्मचारी पवन खरेल एक दिनमात्र हाजिर गरी बिदामा बस्नुभएकाले आएका सयौँ बेरोजगारले फाराम भर्न पाएका छैनन् । 

वडा वडामा फाराम र चिठी पुगे पनि विधि र प्रक्रियाबारे परामर्श दिने कर्मचारी नै नहुँदा वडाबाट बेरोजगारीको तथ्याङ्क सङ्कलन सुरु हुन नसकेको वडाध्यक्ष गोवद्र्धन अधिकारीले बताए । उनले भने, “वडामा फाराम र चिठी पुगेको छ तर यसको विधि र प्रक्रियाबारे हामी जानकार छैनौँ, म पटकपटक कार्यालयमा जाँदा सम्बन्धित कर्मचारी भेटिएको छैन । ’

दैनिक दर्जनभन्दा बढी बेरोजगार गाउँपालिकामा फाराम भर्न आउने गरे पनि रोजगार संयोजक नहुँदा उनीहरु त्यतिकै फर्कने गरेको गाउँपालिकाका अन्य कर्मचारीले बताए । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले संयोजक खरेललाई तत्काल उपस्थित हुन निर्देशन दिइने बताइन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर