• २०८३ कार्तिक १३ शुक्रबार
  • Friday, 30 October, 2026

आफ्ना उम्मेदवारले हारेपछि ट्रम्पले भनेः ब्राजिलको चुनाव लज्जास्पद

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको चुनावलाई 'लज्जास्पद' र ब्राजिलियन जनताका लागि 'अपमानजनक' भनी टिप्पणी गरेका छन्।

वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मैले चुनावमा पक्ष लिएको थिइनँ, तर जब ब्राजिलमा जे देखेँ, त्यो शब्दमा वर्णन गर्न गाह्रो छ।’

ब्राजिलमा हालै भएको राष्ट्रपति चुनावमा नेता लुइज इनासियो लुला दा सिल्भाले सानदार पुनरागमन गरेका छन्।

यो जितसँगै वर्कर्स पार्टीका ८० वर्षीय नेताले राष्ट्रपतिका रूपमा चौथो कार्यकाल सुरक्षित गरेका छन्।

उनले देशको राष्ट्रपति चुनावमा आफ्ना अति-दक्षिणपन्थी प्रतिद्वन्द्वी लिबरल पार्टीका नेता फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले हराएका हुन्।

लगभग सबै मत गणना गरिसक्दा आइतबार ल्याटिन अमेरिकाको सबैभन्दा ठुलो लोकतन्त्रमा भएको दोस्रो चरणको चुनावमा लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गरेका छन्।

जेलमा रहेका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले भने ४८.२४ प्रतिशत मत प्राप्त गरेका छन्।

लुलाको जितले धेरै चुनावी सर्वेक्षणको भविष्यवाणी फेल भएका छन्। यी सर्वेक्षणले बोल्सोनारोलाई थोरै अग्रता दिएका थिए।

यस महिनाको सुरुमा भएको पहिलो चरणको मतदानमा ४५ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोले लगभग २ प्रतिशत अंकको अग्रता लिएका थिए।

चुनाव हारेपछि बोल्सोनारो ब्राजिल छाडेर सपरिवार अमेरिका पुगेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर