नेप्सेमा धर्ना दिन गएका लगानीकर्ता पक्राउ

काठमाडौं । पूँजी बजारको विकासका लागि आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को भद्रकालीस्थित कार्यालयमा धर्ना दिन गएका सेयर लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

धर्नाका लागि पुगेका सेयर लगानीकर्ता दवाब समूह १० भन्दा बढी लगानीकर्तालाई पक्राउ गरेको बताइएको छ । गिरफ्तारमा परेका लगानीकर्तालाई अनामनगरस्थित प्रहरी वृत्तमा राखिएको छ ।

भोक हडतालको ब्यानरसहित स्टकको प्रवेशद्वार मंगलबार कार्यलय समयमा धर्ना शुरु गर्नै लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो । सेयर बजार विकास र विस्तारका ३२ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका लगानीकर्ता पक्राउ परेपछि प्रहरी हिरासतमै भोक हड्ताल शुरु गरेका छन् । उनीहरुले माग पूरा नभएसम्म हिरासत मुक्त नहुने अडान समेत राखेका छन् ।

लगानीकर्ताको दबाब समूहले सोमबार नेप्से कार्यलय अगाडि कालो बेलुन उडाएर अनिश्चितकालिन रिले अनसन सुरु गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर