सुदूरपश्चिमले चितवनलाई ५ विकेटले हरायाे
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग क्रिकेटको सोमबार दोस्रो जित हात पारेकाे छ। राेयल्सले चितवन राइनोजमाथि ५ विकेटको विजय हात पारेको हाे ।
टस हारेपछि ब्याटिङको निम्तो पाएको चितवनलाई त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले १२९/६ को स्कोरमा रोकेको थियो । जवाफमा सुदूरपश्चिमले १६.४ ओभरमै लक्ष्य पूरा गर्यो ।
खेलको सुरुआत सातौं स्थानमा रहेर गरेको सुदूरपश्चिम यस जितपछि तेस्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले चौथो खेलमा दोस्रो विजय हात पारेको हो । चितवनको तेस्रो खेलमा यो पहिलो पराजय हो । टोली ३ अंकसहित चौथो स्थानमा छ ।
सुदूरपश्चिमका ओपनरद्वय सैफ जैब २ र विनोद भण्डारी ११ रनमा आउट भए । अघिल्लो खेलमा ड्रप गरिएका ब्रान्डन म्याकमुलनले २१ बलमा ४३ रन बनाए । उनले क्रिजमा आउनेबित्तिकै रिजन ढकाललाई एकै ओभरमा ३ चौका र १ छक्का प्रहार गरे ।
तर रञ्जित कुमारले लगातार बलमा म्याकमुलन र कप्तान दीपेन्द्रसिंह ऐरीलाई आउट गरी चितवनलाई आशा देखाएका थिए । दीपेन्द्र पहिलो बलमै बोल्ड भए । इशान पाण्डे २९ बल खेली २ चौका प्रहार गरी २५ रनमा आउट भए ।







प्रतिकृया दिनुहोस