क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
काठमाडाैं। विश्व फुटबलका एक सफल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।
रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट २३४ खेल खेल्दै १४६ गोलको विश्व कीर्तिमानसहित आफ्नो अन्तर्राष्ट्रिय यात्रामा पूर्णविराम लगाएका हुन्।
आफ्नो देशलाई पहिलोपटक ठूला अन्तर्राष्ट्रिय उपाधि दिलाउने क्रममा उनले एक पटक युरो कप र दुई पटक नेसन्स लिगको उपाधि जिताएका थिए।
अन्तर्राष्ट्रिय फुटबल इतिहासमै सर्वाधिक गोलकर्ताका रूपमा रहेका रोनाल्डोले दुई दशकभन्दा लामो समय पोर्चुगलको जर्सीमा विश्व फुटबलमा एकछत्र राज गरे।
यद्यपि, क्लब फुटबलमा भने उनी सक्रिय नै रहनेछन्।






प्रतिकृया दिनुहोस