• २०८३ कार्तिक २० शुक्रबार
  • Friday, 6 November, 2026

आफ्नै नेता/कार्यकर्तालाई रविका ५ चेतावनी

चितवन । सत्तारूढ दल रास्वपाका सभापति रवि लामिछानेले चुनावमा अनपेक्षित जितपछि कार्यकर्तामा अहं बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले आफ्ना नेता कार्यकर्तालाई सुध्रन चेतावनीसमेत दिए ।

चुनाव जित्ने–नजित्ने अवस्थाबिच रास्वपाले सहज बहुमत प्राप्त गरेपछि धेरैले विश्वास नगरेका लामिछानेले स्मरण गरे। ‘रास्वपाको सफलतालाई अन्य दल र विश्लेषक मात्र नभई समाजले पनि केही उपहास गरेको महसुस भयो, तपाईंहरूले पनि गर्नुभयो होला,’ चितवनमा आयोजित कार्यक्रममा उनले भने।

यो परिस्थितिका लागि अन्य दल, कुनै विश्लेषक वा सञ्चारमाध्यमलाई दोष नदिई त्यसको जिम्मेवारी आफूहरूले नै लिनुपर्ने सभापति लामिछानेले प्रस्ट पारे।

‘विश्लेषण गर्ने समाजमाथि जाइलाग्नु सही बाटो होइन साथी हो। समाजले हामीलाई ऐन देखाएको छ, ऐनाले हाम्रो अनुहार देखाएको छ। ऐना देखाउनेतिर झम्टिनु राजनीतिक चरित्र होइन,’ उनले भने।

लामिछानेले मुलुकको नेतृत्वमा पुगिसकेपछि उच्च राजनीतिक चरित्र देखाउनुपर्ने बताए । निर्वाचनमार्फत जनताले मुलुकको जिम्मा रास्वपालाई लगाएको भन्दै अब पार्टीका नेता र कार्यकर्ताले उच्च राजनीतिक चरित्र देखाउनुपर्ने सभापति लामिछानेको भनाइ थियो । 

 'हाम्रो व्यवहार, हाम्रा गतिविधि, हाम्रा तौरतरिका समाजले विश्लेषण गर्छ । विश्लेषण गर्ने समाजमाथि जाई लाग्नु सहि बाटो हुँदैन । समाजले हामीलाई ऐना देखाएको छ, ऐनाले हाम्रो अनुहार देखाएको छ, आफ्नो अनुहार देखाएपछि ऐना देखाउने तिर झम्टिने त्यो राजनीतिक चरित्र होइन,' सभापति लामिछानेले भने, 'अब हामीले त्यो राजनीतिक चरित्रबाट माथि उठ्नु पर्नेछ किनकि मुलुक हाम्रो जिम्मा जनताले लगाइसकेपछि अब हामी त्यो उच्च राजनीतिक चरित्र जुन अपेक्षा गरिएको छ, त्यो अपेक्षामा खरो उत्रिनु पर्नेछ ।'

जनताले गरेको अपेक्षाअनुसार नेतृत्व खरो उत्रिएको छ कि छैन ? भन्ने प्रश्न पनि सभापति लामिछानेले गरे । सभापति लामिछाने प्रश्न गरे, 'तर, हामी खरो उत्रिएका छौ ? जनताले १८२ सिट दिएको छ, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौ, टुप्पिएका छौ ।'

पार्टीका नेताहरू यसरी जान नहुने भन्दै सभापति लामिछानेले थपे, 'यसरी हुँदैन, यसरी हुँदैन । माथिदेखि तलसम्म हामी यति मातिएका छौं, हामी यति चढेका छौं, हामीले मान्छेलाई मान्छे गनेका छैनौं ।'

विगतमा रास्वपामा लाग्नेहरूमाथि तत्कालीन सत्ताबाट प्रताडना भएको सभापति लामिछानेको भनाइ थियो  । तर त्यसको बदला लिनका लागि आजको दिनमा प्रशासन र प्रहरी दुरुपयोग गर्न नहुने उनको भनाइ थियो । प्रतिशोधको भावनाले अगाडि बढ्ने हो भने समस्या हुने उनले बताए । 'हिजो कोही नहुँदा, एक्लै घण्टी बोकेर हिँड्दा हामी माथि कति धेरै अपमान भएको थियो । हाम्रा साथीहरूलाई कयौं मुद्धाहरू लागेका छन् । सिफारिस पाएका छैनन् । व्यापार, व्यवसाय गर्ने साथीहरूको पसल बन्द गराउने, मुद्धा लगाइदिने, अनुगमनको नाममा दुःख दिने काम हिजो भएको छ,' सभापति लामिछानेले भने, 'तर, त्यसको बदला लिनको लागि आज हामीले म त घण्टीको मान्छे हुँ, म त रास्वपाको मान्छे हुँ भन्दै प्रशासन, प्रहरीलाई राजनीतिक दबाब दिने काम गर्‍यौं भने त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन । त्यसकारणले हामीले भुइँ टेक्नुपर्छ, भइँ छोड्नु हुँदैन । 

जनताले रास्वपाका गतिविधि हेरिरहेको पनि सभापति लामिछानेको भनाइ थियो  । 'जनतालाई असहज लाग्ने हाम्रा गतिविधिहरू स्वीकार्य हुँदैन किनभने जनताले अत्यधिक मत दिएर पठाएको भनेको हामीलाई ठालु पल्टनका लागि होइन अझ बढी सेवा गर भन्नका लागि हो,' लामिछानेले भने ।

जनताले दिएको अभिमतलाई दुरुपयोग गर्न नहुने पनि सभापति लामिछानेको भनाइ थियो  । सभापति लामिछानेले भने, 'म तपाईहरूलाई स्पष्टताका साथ के बताउन चाहन्छु भने- साथी हो, जनताले दिएको यो अभिमत जनताको हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला, पार्टीले नियालिरहेको छ । जब तपाईलाई सर्वाधिक शक्ति मिल्दछ त्यतिबेला नै तपाईंले सर्वाधिक जिम्मेवार भएको महसुस हुने गरी आफ्ना अभिव्यक्ति, आफ्ना क्रियाकलाप सहयोग गर्न जरुरी हुन्छ, इतिहासले त्यो माग्छ। यो होइन कि आज हामी ठूलो पार्टी भयौं हाम्रा हातमै पुलिस छन्, हाम्रा हातमै सिडीओ छन्, हाम्रा हातमै सबै छन् भन्ने त्यो दम्ब त्याग्नुपर्छ ।' पार्टीभित्रको एकता कायम राख्नुपर्ने सभापति लामिछानेको भनाइ थियो  ।

 

‘रास्वपा अब्बल छ, एकैपटक आठ कक्षामा भर्ना गरिदिनुपर्छ’ भनेर जनताले भने, तर छुटाएका केही कक्षाहरू नपढीकनचाहिँ नि फेरि आठबाट नौ पुगिदैन साथी हो! त्यो पढ्नुपर्छ, त्यो जान्नुपर्छ।

हामीले राजनीतिलाई एउटा चुनावबाट अर्को चुनावका लागि बनाएका होइनौँ। चुनाव त हामी जितेर आउँछौँ कि जित्दैनौँ भन्ने पनि थाहा थिएन, कति सिट जित्छौँ भन्ने पनि थाहा थिएन।

त्यो अन्योलका बीच हामीले राजनीतिमा प्रवेश ग¥यौं र त्यो प्रवेशलाई तपाईंहरूले स्वीकार्नुभयो र देशैभरि घण्टी बज्यो।
धेरैले यसलाई एउटा हुरी, एउटा लहर, यो आँधी आएको हो भनेर व्याख्या गरेका छन् र हाम्रो सफलतालाई कैयौँ राजनीतिक विश्लेषक, अन्य राजनीतिक दल र आफ्नो समाजले पनि अलिकति उपहास गरेजस्तो, अलिकति होच्याएजस्तो महसुस तपाईंहरूले पनि गर्नुभएको होला, मैले पनि महसुस गरेको छु।
म यो परिस्थितिका लागि अरू कुनै विश्लेषक, अरू कुनै दल, अरू कुनै सञ्चारमाध्यमलाई दोष दिन चाहन्नँ, यो दोष हामी लिन चाहन्छौँ, म लिन चाहन्छु, तपाईंहरू लिनुपर्छ। हाम्रो व्यवहार, हाम्रा गतिविधि, हाम्रा तौरतरिकाहरू समाजले विश्लेषण गर्छ। विश्लेषण गर्ने समाजमाथि जाइलाग्नु सही बाटो हुँदैन साथी हो! समाजले हामीलाई ऐना देखाएको छ, ऐनाले हाम्रो अनुहार देखाएको छ। आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिने त्यो राजनीतिक चरित्र होइन। अब हामीले त्यो राजनीतिक चरित्रबाट माथि उठ्नुपर्ने छ।

किनकि मुलुकलाई, मुलुक हाम्रो जिम्मामा जनताले लगाइसकेपछि अब हामी त्यो उच्च राजनीतिक चरित्र, जुन अपेक्षा गरिएको छ, त्यो अपेक्षामा खरो उत्रिनुपर्ने छ। तर के हामी खरो उत्रिएका छौँ?

जनताले १८२ सिट दिए, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ हामी, हो कि होइन? यसरी हुँदैन, यसरी हुँदैन! माथिदेखि तलसम्म हामी यति मात्तिएका छौँ, हामी यति चढेका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ।

हो, हिजो कोही नहुँदा एक्लै घण्टी बोकेर हिँड्दा हामीमाथि कति धेरै अपमान भएको थियो! हाम्रा साथीहरूलाई कैयौँ मुद्दाहरू लागेका छन्, व्यापार–व्यवसाय गर्ने साथीहरूको पसल बन्द गराउने, मुद्दा लगाइदिने, अनुगमनको नाममा दुःख दिने काम हिजो भएको थियो। तर त्यसको बदला लिनको लागि आज हामीले “म त घण्टीको मान्छे हुँ, म त राष्ट्रवादीको मान्छे हुँ” भन्दै प्रशासन–प्रहरीलाई राजनीतिक दबाब दिने काम ग¥यौँ भने त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन।

त्यसकारणले हामीले भुइँ टेक्नपर्छ, भुइँ छोड्नु हुँदैन साथी हो, कुनै हालतमा पनि भुइँ छोड्नु हुँदैन! हामीले एउटा चुनाव जितेका हौं, कुनै ग्रहबाट खसेर आएका मान्छे होइनौँ।

हामी यहीँका मान्छे हौं, यही जमिनका मान्छे हौं। यसलाई हामीले भुल्नु हुँदैन। जनताले हामीलाई हेरिरहेका छन्, ती जनतालाई असहज लाग्ने हाम्रा गतिविधिहरू स्वीकार्य हुँदैनन्। किनभने जनताले अत्यधिक मत दिएर पठाएको भनेको हामीलाई थालु पल्टाउनका लागि होइन, अझ बढी सेवा गर भन्नका लागि हो। यो कुरा तपाईंहरूले बुझ्न जरुरी छ। हाम्रै चितवनमा, देशैभरिको सन्दर्भमा, हामीले नसोचेको उपलब्धि प्राप्त गर्दाखेरि सँगै सङ्घर्ष गरेका केही साथीहरू हेर्दाहेर्दै माननीय भए होला।

अब यहाँ दुइटा छ— ती हेर्दाहेर्दै माननीय भएका, साथीहरू देखेर हामीभित्र कहीँकतै “ओहो! हामीसँग हिँड्थ्यो, यो भयो” भनेर उनीप्रति थोरै आरिस मनभित्र त छ, देखाउन त भएको छैन। कुरा काट्दै त्यसले काम गरेको छ। फेरि माननीय भइसकेका साथीहरू तलका मान्छेलाई देख्दै नदेखेको जस्तो पनि गर्दै हिँड्नुभएको छ। यी दुवै चिजको तालमेल मिल्न पर्छ।

म तपाईंहरूलाई स्पष्टताका साथ के बताउन चाहन्छु भने साथी हो, जनताले दिएको यो अभिमत जनताको हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला। पार्टीले नियालिरहेको छ, जब तपाईंलाई सर्वाधिक शक्ति मिल्दछ, हो, त्यतिबेला नै तपाईंले सर्वाधिक जिम्मेवार भएको महसुस हुने गरी आफ्ना अभिव्यक्ति, आफ्ना क्रियाकलाप सञ्चालन गर्न जरुरी हुन्छ। इतिहासले त्यो माग्छ। यो होइन कि आज हामी ठूला पार्टी भयौँ, हाम्रा हातमा पुलिस छन्, हाम्रा हातमा सीडीओ छन्, हाम्रा हातमा सबै जित छन् भन्ने यो दम्भ त्याग्नुपर्छ र सँगै सङ्घर्ष गरेको साथी आज सांसद भएको छ भने भोलि तपाईंको पालो हो।

तसर्थ पार्टीभित्रको एकता, सङ्गठनभित्रको एकता, सँगै भएको साथीले प्रगति ग¥यो भन्दैमा आरिसमा जाने र सँगै भएको साथी तल प¥यो भनेर खिसिट्युरी गर्ने— यो दुवै प्रकृति गलत छन्। यसलाई सच्याएर एकै ठाउँ भएर हामी अगाडि बढ्नुपर्ने छ।
प्रिय साथीहरू! चुनाव आउँदै छ अब, हाम्रो समस्या छ यहाँ।

हामीमा समस्या के छ भने— अब यो वडामा चुनाव लड्न त म राजीनामा दिएर आफैँ वडाध्यक्ष उठ्न पाउनुपर्ला जस्तो छ, हाम्रा मान्छे वडाध्यक्ष हेर्दैनन् अहिले, एकैचोटी सभापति, पालिका हेर्ने हो, माथि हेर्ने हो, तल हेर्दैनन् हाम्रा साथीहरू। यहाँ वडाध्यक्ष हुन मन छैन कसैलाई। कहाँ त्यस्तो वडाध्यक्ष हुने? हुन्छ, म यहाँ आउँला अब राजीनामा दिएर वडाध्यक्ष लड्न। तपाईंहरू त अब धेरै ठूला हुन थाल्नुभयो।
मैले त एप्लिकेसन वडाध्यक्षमा हालेको देखिनँ, एकैचोटी उहाँ मेयर रे! कहाँ त्यस्तो वडाध्यक्ष हुनु नि! अर्को उहाँ उसमा हाल्नुपर्छ अब प्रदेशमा, एकैचोटी माननीय! कहाँ त्यस्तो वडा–सोडा कसले हेर्छ? देशै बनाउने, यो वडा कसले बनाउने ? यसले के देखाउँछ भने— यसले के देखाउँछ भने हामी अवसरको राजनीतितिर गइरहेका छौँ। देखाउन त हामी देखाउँदैनौँ, तर छर्लङ्गै देखियो।
कुरा त निकै ठूलै गर्छौँ— त्याग, “हाम्रा सभापतिले कत्रो त्याग गर्नुभो!” ल भोलि दुईवटा साथीलाई एउटा छोड्दिनुप¥यो भन्नुस् त, हानाहान, मारामार हुन्छ!

नदिनुस् मेरो त्यागको उदाहरण, यदि त्यसलाई अनुसरण गर्न तपाईंलाई इच्छा छैन भने। चाहिएन मलाई यस्तो झूटो तारिफ!
तपाईंलाई उदाहरण दिन्छु— नेपाली कांग्रेस २०१५ सालमा सरकारमा गयो, त्यसपछि ४६–४७ सालसम्म ३० वर्ष नेपाली कांग्रेस सरकारमा गएन, तर ती मानिसहरू सङ्घर्षमा निरन्तर लागिरहे।

तिनलाई थाहा थिएन— त्यत्रो शक्तिशाली पञ्चायत ढल्छ कि ढल्दैन, तर तिनीहरूले अनवरत सङ्घर्ष गरे।
कम्युनिस्ट पार्टीका नेताहरूको म उदाहरण दिन्छौं— हिजो भूमिगत, निर्वासित बस्नुपर्ने, कस्तो परिस्थितिबाट उनीहरू गुज्रिए? के तपाईं–हामी जस्तो टिकट पाइएन भने त म त छोड्दिने हो, म त हराउने हो भनेर यस्तो राजनीतिक विचलन चार वर्षभित्र आएको भए यो देशमा प्रजातन्त्र आउँथ्यो? यो देशमा लोकतन्त्र आउँथ्यो?

निष्ठामा अडिन सकिँदैन भने राजनीतिमा लाग्नु हुँदैन ।
सफलता त आज प्राप्त भएको छ, आज १८२ सिटका भएका छौँ, भोलि दुई सिट कि जिरो सिटको हुँदाखेरि पनि राजनीति जित्नुपर्छ, चुनाव जित्ने ठूलो कुरा होइन ।

त्यसको लागि क्यान्डिडेट क्लबको विधि पार्टीले अपनाएको छ। त्यो विधि र प्रविधि अत्यन्तै विधिसम्मत हुन्छ, त्यो पारदर्शी हुन्छ। त्यसमा म तपाईंहरूलाई ढुक्क हुन अनुरोध गर्न चाहन्छु। तर त्यस विधिबाट आफू हट्यो, “मैले हारेँ भने त त्यसलाई म धोका दिन्छु” भनेर हिँडियो भने त्यसले हामीलाई कहीँ पनि पु¥याउँदैन। राजनीति भनेको एउटा चुनावका लागि होइन, एउटा पुस्ताका लागि काम गर्ने हो। हामी समर्पित भएर काम गर्न आएका हौं।

यो आउने चुनावमा स्थानीय तहमा टिकट कसले पाउँछ, कसले पाउँदैन म भन्न सक्दिनँ, तर घण्टीले नै पाउँछ भन्ने कुरा चाहिँ म तपाईंलाई भन्न सक्छु।

त्यो राजनीतिक प्रतिबद्धता, त्यो राजनीतिक इमान— सकेसम्म मै योग्य भएर लड्छु, म भिड्छु, म आफ्ना सम्पूर्ण योग्यता लगाउँछु, आफ्नो सम्पूर्ण क्षमता लगाउँछु। केही गरी मैले जित्न सकिनँ र मेरै पार्टीको अर्को साथीले आन्तरिक चुनाव जित्यो भने एक दिन रुन्छु, दुई दिन रुन्छु, तेस्रो दिनदेखि “त्यो मेरा साथी जिन्दावाद” भन्दै उसका लागि भोट माग्दै हिँड्छु भन्ने प्रतिबद्ध हुनुपर्छ। नत्र के हुन्छ? अहिले तपाईंलाई मजा आएको छ ताली बजाउन।

मलाई भन्ने अनुमति दिनुहोला— यिनै ताली बजाउने हातहरू भोलि धारेहात लाउन लागि बसिरहेका हुन्छन्, चोकचोकमा विपक्षीसँग मिलेर!
म आजै तपाईंहरूलाई यो कुरा बताइरहेको छु, यहाँबाट सुरु हुन्छ, यहाँबाट सुरु हुन्छ। यो चुनावको लागि मात्र हामी लायक हौँ भने हामी गलत ठाउँमा छौँ, हामी गलत ठाउँमा छौँ। पार्टीले तपाईंलाई प्रतिबद्ध हुने तालिम दिनै सकेन। म दोष तपाईंलाई किन दिन्छु र? दोष म लिन्छु।

तर प्रिय साथी हो! परिवर्तनको यो यात्रा चुनावले मात्र निर्णय गर्दैन, कैयौँ मान्छे चुनाव हारेका छन्। यहाँ आदरणीय जगन्नाथ पौडेल हुनुहुन्छ, उहाँले कुनै चुनाव हार्नुभएको हो, तर उहाँले राजनीति हार्नुभएको छैन, उहाँप्रति हाम्रो उच्च सम्मान छ। त्यो निष्ठा, त्यो राजनीतिक प्रतिबद्धता– यी सबै कुराहरूको पछि लाग्दा उहाँले कुनै चुनाव हार्नुभएको होला, तर आज हामीले सम्मानका साथ, गर्वका साथ हामीले हाम्रो पार्टीभित्र राखेका छौँ र कुनै अपेक्षा राखेर होइन। हिजो दुःख पर्दा, अप्ठ्यारो पर्दा हामीले खोज्दा पनि नभेटिने बेलामा एउटा त्यति ठूलो व्यक्तित्व, राजनीतिक इतिहास बोक्नुभएको व्यक्तित्वले हामीलाई साथ दिनुभएको छ, हामीले यसबाट केही सिक्नुपर्छ।

त्यति मात्र होइन, हामीले आन्तरिक लडाइँलाई व्यवस्थापन गर्न सकेनौँ भने, रास्वपामा पद एउटा छ, आकांक्षी २० जना हुनुहुन्छ, २० जनामा १९ जनाले टिकट पाउनुहुन्न, एक जनाले प्राप्त गर्नुहुन्छ र पार्टीले विधि बनाएकै हो, अर्को उपाय छैन, विधि नबनाईकन अर्को उपाय छैन।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर