• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

काठमाडौं महानगरले गर्यो सडक सफा गर्ने ब्रुमरको उद्घाटन (फोटोसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ ब्रुमर (यान्त्रिक कुचो) को उद्घाटन गरेको छ । महानगरपालिकाको सडक सफा गर्नका लागि उक्त ब्रुमर इटलीबाट झिकाइएको हो ।

राष्ट्रिय सभा गृहमा एक कार्यक्रमकाबीच उक्त ब्रुमर उद्घाटन गरिएको हो । महानगरपालिकालका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार ब्रुमर सञ्चानका लागि तालीम दिने कार्य भइरहेको छ । नियमित रुममा कुन कुन सडकमा उक्त यन्त्रले सफा गर्ने भन्ने विषयमा कामपा प्रमुखसँग छलफल भएको प्रवक्ता डङ्गोलले बताएका छन् ।

सफाइका लागि ती ब्रुमर १० करोड ८० लाखमा ल्याइएको हो । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो । 

गत असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइएको हो । सबै बु्रमर अहिले राष्ट्रिय सभागृहमा राखिएको छ ।  पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताका छन् । 

ती ब्रुमरमा दिनमा १० किलोमिटरसम्मको धूलो सङ्कलन गर्न सक्ने क्षमता रहेको छ । युरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर