• २०८३ कार्तिक २६ बिहीबार
  • Thursday, 12 November, 2026

एनपीएलः सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेट, विराटनगरलाई १३३ रनको लक्ष

काठमाडौं ।  विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने नेपाल प्रिमियर लिग क्रिकेटमा हृयाट्रिक विकेटसहित एकै खेलमा ६ विकेट लिएका छन् ।

एनपीएल ३ मा पहिलो पटक कुनै खेलाडीले लगातार तीन विकेट लिएका हुन् । 

एनपीएलको इतिहासमा यसअघि विराटनगरकै प्रतिश जिसी, काठमान्डु गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका रोहित पौडेलले पनि लगातार तीन बलमा विकेट लिएका थिए ।
टस जितेर पहिला ब्याटिङ गरेकाे पाेखराले पूरै विकेट गुमाउँदै १७‌.५ ओभरमा १३२ रन मात्रै बनाउन सक्याे ।

अहिले विराटनगर १३३ रनकाे लक्ष भेट्न ब्याटिङ गरिरहेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर