• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

राप्रपाको पदाधिकारी संख्या थप, राजेन्द्र लिङ्देन महामन्त्री ! (सूचिसहित)

प्रदेश ५ को अध्यक्षमा प्रदीप कुमार, दईन्द्र बहादुर केन्द्रीय सदस्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र  पार्टी (राप्रपा) ले पार्टीले पदाधिकारीको संख्यामा थप गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले मंगलबार पार्टीको विधान बमोजिम मौजुदा पदाधिकारीको संख्या थप गरेका हुन् ।

पार्टीको प्रचार विभागका प्रमुख मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएका हुन् । अध्यक्ष थापाले वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ्ग (धादिङ्ग) र राजीव पराजुली (पर्सा) लाई मनोनयन गरेका छन् ।

त्यस्तै, अध्यक्ष थापाले महामन्त्रीमा राजेन्द्र लिङ्देन (झापा) र डा. धवल शम्शेर जबरा (बाँके) लाई मनोनयन गरेका छन् । यसैगरी उनले प्रदीप कुमार उदय (रुपन्देही) लाई प्रदेश नं. ५ को अध्यक्ष र दईन्द्र बहादुर ठकुरी (सिन्धुपाल्चोक) लाई केन्द्रीय सदस्य पदमा मनोनयन गरेका छन् ।

हेरौं, को को परे राप्रपाको मनोनयनमा ?

बरिष्ठ उपाध्यक्षहरु
१) बुद्धिमान तामाङ्ग (धादिङ्ग) 
२)राजीव पराजुली (पर्सा)

उपाध्यक्षहरु
१) प्रेम बहादुर भण्डारी (बाँके) 
२) टंक ढकाल (भोजपुर) 
३) नरेन्द्र बहादुर चन्द (बैतडी) 
४)तोरण बहादुर गुरुङ्ग (स्याङ्गजा) 
५)रोशन कार्की (ललितपुर) 
६)भिम प्रसाद गौचन (म्याग्दी) 
७)महेशलाल महासेठ (सिरहा)

महामन्त्रीहरु
१) राजेन्द्र लिङ्देन (झापा)
२)डा. धवल शम्शेर जबरा (बाँके)

प्रवक्ताहरु
१) सुशील श्रेष्ठ (महोत्तरी)
२) भुवन पाठक (काठमाण्डौ)
३) नीलकण्ठ काफ्ले (नवलपुर)

सह–महामन्त्रीहरु
१) चन्द्र बहादुर गुरुङ्ग (कैलाली)
२) कुन्ती शाही (दैलेख)
३) दिपक बहादुर सिंह (मकवानपुर)
४) भक्ति प्रसाद सिटौला (झापा)
५) अर्जुन राई (खोटाङ्ग)
६) भरत रायमाझी (काठमाण्डौ)

सहायक महामन्त्रीहरु
१) लिलादेवी श्रेष्ठ (इलाम)
२) मदन बहादुर कार्की (स्याङ्गजा)

सहायक प्रवक्ता
१) रमानन्द न्यौपाने (जुम्ला)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर