शेयर बजारमा  सुधार जारी

काठमाडौं । सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २ दशमलव ०७ विन्दुले बढेर एक हजार १४० दशमलव ७२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव ४२ ले वृद्धि भई २४२ दशमलव ६७ विन्दुमा पुगेको छ । 

कूल १७१ कम्पनीको आठ लाख ८२ हजार ८८५ कित्ता शेयर २१ करोड ५१ लाख २१ हजार ५८० मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये लघुवित्त उपसमूहको शेयर ५ दशमलव १२ विन्दुले घटेको छ । बैंकिङ १ दशमलव १६, होटल १ दशमलव ९४, विकास बैंक ० दशमलव ०२, जलविद्युत ३ दशमलव २२, वित्त ० दशमलव २८, निर्जीवन बीमा २४ दशमलव १९, उत्पादन ११ दशमलव ०६, अन्य ५ दशमलव ४२ र जीवन बीमा ० दशमलव ५८ विन्दुले बढेका छन । 

सामान्य बढेको बजारमा नेपाल बङ्गलादेश बैंकको संस्थापक शेयर बढी मूल्यमा कारोवार भई शीर्ष स्थानमा रह्यो । सो बैंकको एक करोड ५८ लाख ३१ हजार ४८० बराबरको कारोवार भयो । यस्तै एनएमबी बैंकको ९६ लाख ४४ हजार ७९४, माथिल्लो तामाकोशी जलविद्युत कम्पनी  ७४ लाख १७ हजार ५१४, प्राइम बैंक ६४ लाख ५३ हजार १५४ मा कारोवार भइ शीर्ष स्थानमा रह्यो । 

स्टकका अनुसार नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पाँच प्रतिशतले कमाउँदा एनएमबी हाइब्रिड फण्ड ३ दशमलव ९५, पोखरा फाइनान्स ३ दशमलव ०८, भार्गव विकास बैंक २ दशमलव ८६ प्रतिशतले कमाएका छन् । 

यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९ दशमलव ८७ प्रतिशतले गुमाएका छन् । शिवम सिमेन्ट ९ दशमलव ८१, मिथिला लघुवित्त वित्तीय संस्था ५ दशमलव ५४, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५ दशमलव ११ प्रतिशतले गुमाएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर