यी हुन् यस वर्षको २० उत्कृष्ट करदाता (सूचीसहित)
काठमाडौँ । यो वर्ष सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाताहरूको नाम घोषणा भएको छ। आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा विषयगत क्षेत्रतर्फ सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाताहरूको नाम घोषणा गरेको हो।
आज विभागमा आयोजित कर दिवस समारोहमा सार्वजनिक गरिएको विवरणअनुसार निकायमध्ये सबैभन्दा धेरै आयकर दाखिला गर्ने करदातामा सूर्य नेपाल परेको छ भने व्यक्तिगत आयतर्फ राजबहादुर शाह उत्कृष्ट करदाता घोषित भएका छन्।
त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ हिमालयन डिस्टिलरी लिमिटेडले सबैभन्दा धेरै कर तिरेको छ। बैंकिङ क्षेत्रबाट नबिल बैंक, पर्यटन व्यवसायबाट सोल्टी होटल लिमिटेड र सूचना प्रविधितर्फ तिन फाइनाइट सर्भिसेस नेपाल उत्कृष्ट करदाता बनेका छन्।
एक्सेप्सनल बिजनेस विधातर्फ भाटभटेनी सुपरमार्केट उत्कृष्ट करदाताको सूचीमा परेको छ। भाटभटेनीको तर्फबाट सावित्री गुरुङले उक्त सम्मान तथा प्रमाणपत्र ग्रहण गरिन्।
उत्कृष्ट घोषित करदाता तथा कम्पनीका प्रतिनिधिहरूलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित अर्थ मन्त्रालय तथा विभागका अधिकारीहरूले प्रमाणपत्रसहित सम्मान गरेका थिए।
हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ। कर दिवसका अवसरमा सरकारले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ।
सूची:
१. निकायमध्ये सबैभन्दा धेरै आयकर दाखिला : सूर्य नेपाल
२. एकलौटी व्यवसायतर्फ : थर्ड आई इन्टरनेशनल
३. वस्तु निर्यातको कारोबारमध्ये : डाबर नेपाल प्रालि
४. सूचना प्रविधितर्फ : तिन फाइनाइट सर्भिसेस नेपाल
५. कृषि एवं व्यवसायतर्फ : ओसीबी फुड्स एण्ड फिड्स
६. बैंकिङ क्षेत्रमा : नबिल बैंक
७. स्वास्थ्य तथा शैक्षिक संस्था : नोबेल कलेज तथा टिचिङ हस्पिटल
८. पर्यटन व्यवसायमध्ये : सोल्टी होटल लिमिटेड
९. वस्तु व्यापारको कारोबार : सीजी इम्पेक्स प्रालि
१०. ५०–१०० करोडसम्मको कारोबारमध्ये : फुड एण्ड वेभरेज रिसर्च सेन्टर प्रालि
११. ऊर्जामूलक कम्पनीतर्फ : भोटेकोशी पावर प्रालि
१२. रेमिट्यान्स तथा मनि एक्स्चेञ्ज : आईएमई लिमिटेड
१३. व्यक्तिगत आयतर्फ : राजबहादुर शाह
१४. मूल्य अभिवृद्धि करमध्ये सबैभन्दा धेरै : हिमालयन डिस्टिलरी लिमिटेड
१५. ५० करोडसम्म कारोबार गर्नेमध्ये : इम्पेरियल सेक्युरिटिज प्रालि
१६. विशेष उद्योगमध्ये : वरुण वेभरेज नेपाल प्रालि
१७. जीवन बीमातर्फ : लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड
१८. निर्जीवन बीमातर्फ : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
१९. लघुवित्तमध्ये : छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
२०. प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद धेरै कर तिर्ने एक्सेप्सनल बिजनेस : भाटभटेनी सुपरमार्केट







प्रतिकृया दिनुहोस