• २०८३ मङ्सिर ३ बिहीबार
  • Thursday, 19 November, 2026

सुदूरपश्चिमसँग दोस्रो क्वालिफायर खेल्न आज काठमान्डु पुग्ला कि चितवन?

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा आज इलिमिनेटरका खेल हुँदैछन्।

आज काठमान्डु गोर्खाज र चितवन राइनोजबीच खेल हुनेछ। आजको ५ बजे कीर्तिपुर मैदानमा हुने खेलको विजेताले हिजो क्वालिफायर वानमा पराजित सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ। 

काठमान्डु गोर्खाज लगातार दोस्रोपल्ट प्ले–अफ खेल्दै छ। पहिलो सिजन काठमान्डु आठ अंक बटुलेर पनि  लिग चरण काट्न सकेको थिएन।

दोस्रो सिजन भने यो टिम तेस्रो स्थानमा रहेर प्ले–अफ खेलेको थियो। तर इलिमिनेटरमा काठमान्डु लुम्बिनीसँग चार विकेटले पराजित रह्यो। पहिले ब्याटिङ गर्दै १ सय ११ रनमै समेटिएपछि हार निश्चितजस्तै रहेको थियो।

काठमान्डुले प्ले–अफमा अहिलेसम्म जित निकाल्न असफल रहेको छ। यसपल्ट भने काठमान्डु आफ्नो अन्तिम खेल अगाडि नै प्ले–अफ चरण पुगिसकेको थियो। सुरुआती पाँच खेलमध्ये पहिलो प्रतिस्पर्धा गुमाएको काठमान्डु त्यसयता लगातार विजयी रह्यो र यो नै प्ले–अफ प्रवेशको आधार रह्यो। 

लिग चरणको आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएपछि काठमान्डुले क्वालिफायर–वानमा प्रवेश नपाएको हो। 

चितवन राइनोज भाग्यमानी रह्यो किनभने सात अंकमै यो टिम यसपल्ट प्ले–अफ पुग्न सफल रह्यो। आफ्नो अन्तिम खेलमा कर्णालीको हातबाट चितवन पराजित रहेको हो। तर यो खेल अगाडि नै चितवनले प्ले–अफ खेल्ने निश्चित भइसकेको थियो, त्यसैले लिग चरणको आफ्नो अन्तिम खेलमा बेहोरेको हारले उसलाई धेरै ठूलो घाटा केही पनि गरेन। चितवन लिग चरणमा काठमान्डुसँग १० रनले पराजित भएको थियो। 

तर हारले उसको कम्तीमा तेस्रो स्थान हात पार्ने सम्भावना भने समाप्त पारेको थियो। यस्तोमा तीन जित र एक कुनै नतिजा निस्कन नसकेको खेलबाट सात अंक बटुलेको चितवनले इलिमिनेटर खेल्न लागेको हो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर