• २०८३ मङ्सिर ३ बिहीबार
  • Thursday, 19 November, 2026

कार्यकर्ता बाेल्न नपाउँने, शीर्ष नेता बोलेर एमाले भेला सकिँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी राष्ट्रिय भेला आज समापन गरिने भएको छ ।  माइतीघर हाइटस्थित कार्की बैङ्क्वेटमा बुधबारदेखि सुरु भएको भेलामा आज वरिष्ठ नेता विद्यादेवी भण्डारीले सम्बाेधन गर्ने तालिका छ । 

भेलामा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले पनि आज सहभागीहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषय र आगामी कार्यदिशाका सन्दर्भमा प्रशिक्षण तथा निर्देशन मन्तव्य राख्ने कार्यतालिका छ ।

त्यसपछि राष्ट्रिय भेलाको समापन हुने र अपराह्न ३स्०० बजे सोही स्थानमा केन्द्रीय कमिटीको चौथो बैठक बस्ने तय भएको छ ।

बैठकमा राष्ट्रिय भेलाबाट प्राप्त सुझाव तथा पार्टीको आगामी सांगठनिक र राजनीतिक योजनाहरूका विषयमा छलफल हुने जनाइएको छ ।

सुझाव दिन तल्लाे तहका नेता कार्यकर्ताले बाेल्न भने नपाउने भएका छन् । उनीहरुलाई लिखित सुझाव दिन भनिएकाे छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर