• २०८३ मङ्सिर ४ शुक्रबार
  • Friday, 20 November, 2026

एमाले भेलाको निचोडः सरकार अलोकतान्त्रिक, अनुत्तरदायी र निरंकुश (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) ले वालेन्द्र शाह नेतृत्वको सरकारमाथि राजनीतिक प्रतिशोध, मौलिक अधिकार हनन्, संवैधानिक संस्थामाथि हस्तक्षेप र स्वेच्छाचारी शासन सञ्चालन गरेको गम्भीर आरोप लगाएको छ। काठमाडौंमा सम्पन्न पार्टीको राष्ट्रिय भेलाले पारित गरेको २१ बुँदे समसामयिक विशेष प्रस्तावमार्फत एमालेले सरकारको आठमहिने कार्यकाललाई अलोकतान्त्रिक, अनुत्तरदायी र निरंकुश प्रवृत्तितर्फ उन्मुख भएको टिप्पणी गरेको हो।

आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारीका साथै आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको वापसीका लागि आन्दोलनको तयारी गर्ने सङ्कल्प पारित गरेको हो।

भेलामा अध्यक्ष केपी शर्मा ओलीले आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’का सम्बन्धमा, वरिष्ठ नेता विद्यादेवी भण्डारीले ’पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प गरौं’ विषयमा, उपाध्यक्ष रामबहादुर थापा बादलले ’राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि सङ्कल्प गरौं’ विषयमा प्रस्ताव राखेका थिए।

उपाध्यक्ष विष्णु पौडेलले एमालेले देश र जनताको पक्षमा गरेका महत्वपूर्ण कार्यहरू’ सम्बन्धमा र महासचिव शंकर पोखरेलले ’पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारी’ सम्बन्धी प्रशिक्षणमूलक सम्बोधन गरेका थिए।

आजका दुई कार्यभार र गर्नुपर्ने १५ कामबारे सहभागीहरुलाई मार्गनिर्देशको क्रममा पार्टीले बेहोरेको धक्का चुनावी परिणामबाट मात्र नभई सरकार अपदस्त गरेदेखि सुरु भएको बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर