• २०८३ मङ्सिर ५ शनिबार
  • Saturday, 21 November, 2026

पूर्वमुख्यसचिव अर्याल पक्राउकाे पूर्वसूचना पाएपछि विदेश गएका थिए 

काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। तर उनी पक्राउ हुने पूर्वसूचना पाएपछि विदेश गएकाे देखिएकाे छ ।

नेपाल प्रहरीको उच्च स्रोतका अनुसार उनीविरुद्ध सीआईबीले अदालतबाट पक्राउ अनुमति लिएर खोजी थालेको छ। 

मलेसिया जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा मुछिएपछि उनलाई पक्राउ गर्न लागिएको हो। 

यसअघि श्रमिकमाथि ठगी र त्यसबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने कार्यमा संलग्न रहेको भन्दै दुई पूर्वमन्त्री र एक सचिवसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो। 

सीआईबीले बुधबार पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितलाई पक्राउ गरेको हो।

सोही मुद्दामा अर्याल पनि जोडिएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर