यमालले पेनाल्टी मिस गरेपनि बार्साले बटुल्यो ३ अंक
काठमाडौं । स्पेनिस लिगमा बार्सिलोनाले आफ्नो शीर्ष स्थान कायम राखेको छ ।
आज साँझ भएको भिल्ला रियलविरुद्धको खेलमा ३–२ गोलको कमब्याक जित निकाल्दै महत्वपूर्ण ३ अंक जोडेर शीर्ष स्थानको पकड कायम गरेको हो । बार्साको जितमा मार्टिन र लोपेजले एक एक गोल गरे भने अर्को एक आत्मघाती उपहार पायो ।
पहिलो हाफमा भिल्ला रियलले २ गोल गर्दै अग्रता लिएको थियो । यो जितसँगै बार्साको शीर्ष स्थान कायम छ ।
आज विहान भएको खेलमा दोस्रो स्थानको रियल मड्रिडले सेल्टा भिगोलाई हराएको थियो ।



2026-11-22-05-15-48.jpeg)



प्रतिकृया दिनुहोस