बालेन र माेदीले उद्घाटन गरेकाे रेल जनकपुर आईपुग्याे

जनकपुरधाम । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेको ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा जनकपुरधाम आइपुगेको छ । 

६ सय ४ किलोमिटर दूरी तय गर्ने साप्ताहिक रेलले बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै जनकपुरधामलाई अयोध्या क्यान्टसँग जोडिएको छ । 

भारत उत्तरप्रदेशको अयोध्या–मनकापुर,बस्ती, गोरखपुर हुँदै विहारको नरकटियागन्ज, रक्सौल, सितामढी, सिसो, मधुवनी, जयनगर हुँदै जनकपुरधामलाई जोड्नेछ। हरेक शनिबार जनकपुरधामबाट र सोमबार अयोध्या क्यान्टबाट छुट्ने तालिका रहेको छ। 

रेल सेवाले अवध र मिथिल बीचको शताब्दीयौं पुरानो सांस्कृतिक,आध्यात्मिक तथा रोटी–बेटी सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिइएको छ । भारतबाट आएका यात्रुहरूलाई श्रम तथा रोजगार मन्त्री रामजी यादव,मधेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित जनकपुरमा स्वागत गरे।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर