बिहेकाे माैसमः तर सुनचाँदीकाे मूल्य ह्यवात्तै घट्याे

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ हजार ५०० रुपैयाँले घटेको हो ।

यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो (मंगलबार) सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ४० रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो ।

दुवै धातुको भाउ  :

विवरण    आजको भाउ (रु)    हिजोको भाउ (रु)    परिवर्तन (रु)    प्रतिशत
छापावाल सुन (१ तोला)    २४१,४००.००    २४७,९००.००    -६,५००.००    -२.६२%
छापावाल सुन (१० ग्राम)    २०६,९६०.००    २१२,५३५.००    -५,५७५.००    -२.६२%
असली चाँदी दर (१ तोला)    ३,०४०.००    ३,१४५.००    -१०५.००    -३.३४%
असली चाँदी दर (१० ग्राम)    २,६०६.५०    २,६९६.५०    -९०.००    -३.३४%
सुनको भाउ सामान्यतया विश्व बजारको प्रवृत्ति, नेपाली रुपैयाँ र अमेरिकी डलरबीचको विनिमय दर तथा घरेलु माग अनुसार तय हुन्छ। चाँदीको हकमा औद्योगिक प्रयोग र लगानीको माग पनि असर गर्ने गर्छ, जसले दुवै धातुको भाउमा फरक-फरक गति देखाउन सक्छ।

बजारमा सुनको मूल्य बढ्दा घरेलु लगानीकर्ताहरू प्रायः सुनमा सुरक्षित लगानी खोज्छन्, जबकि चाँदीको मूल्यमा औद्योगिक माग र विदेशी बजारको अवस्थाले बढी असर पार्ने गर्छ। दुवै धातुको फरक व्यवहार बुझ्दा लगानी योजना अझ सन्तुलित बन्न सक्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर