प्रदेश ५ बजेट समिक्षा : प्रतिफल दिने गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन

बुटवल । प्रदेश पाँचमा प्रदेश  सरकारले आइतवारबाट शुरु गरेको बजेट कार्यान्वयनको दोश्रो चौमासिक समिक्षा मंगलवार सकिएको छ । सबै मन्त्रालयगत रिपोर्टिङ तथा मुख्यमन्त्री शकर पोखरेलको निर्देशनपछि मंगलवार समिक्षा सकिएको हो । 

प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसहित सबै मन्त्रीहरु, प्रदेशका प्रमुख सचिव डाक्टर तिर्थराज ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाशकुमार श्रेष्ठसहित मन्त्रालयका सचिवहरु समेत सहभागितामा तीनदिनसम्म भएको  समिक्षा कार्यक्रममा आगामी दिनमा बजेट कार्यान्वयन प्भावकारी कसरी वनाउन सकिन्छ भन्नेमा जोड दिइएको थियो । बजेटको प्रभावकारी कार्यान्वयनका साथै प्रतिफल आउने गरी काम अगाडी बढाउनुपर्नेमा समिक्षात्मक छलफल केन्द्रीत रहेको थियो । 

प्रतिफल दिने गरी बजेट र कार्यक्रम तयार गर्न मुख्यमन्त्रीको निर्देशन
समिक्षा कार्यक्रममा निर्देशन दिदै मुख्यमन्त्री शंकर पोखरेलले तल्ला निकायलाई बजेट कार्यान्वयनमा परिचालनका लागि केन्द्रीत हुन र आगामी वर्षको बजेट तथा कार्यक्रम तयारीमा लाग्न मन्त्रालयको नेतृत्वलाई निर्देशन दिएका छन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रालयगत दोश्रो चौमासिक समिक्षा कार्यक्रमको समापनमा निर्देशन दिदै मुख्यमन्त्रीले भने—अबको समय अलि मिहिनेत गर्दा बजेट कार्यान्वयन राम्रो गर्न सकिन्छ । आगामी बर्षको बजेट राम्रो बनाउनका लागि तयारी गर्ने समय हो ।

उनले मागका आधारमा नभई प्रतिफल दिने आयोजनामा बजेट विनियोजन गर्ने गरी मन्त्रालयको नेतृत्वले बजेट र कार्यक्रम तयार गर्न निर्देशन दिए । साना आयोजना स्थानीय तहले गर्ने हो, ठूलो आयोजना संघीय सरकारले गर्र्ने गरी सिफारिश गर्नुपर्छ, मझौला खालका प्रतिफल दिने आयोजनाका लागि बजेट विनियोजन गर्ने गरी तयारी गरौं—उनले भने ।

उनले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आयोजना प्रमुख र मातहतका कार्यालय प्रमुखसंग समय मिलाएर नियमित छलफल गर्न र अनुगमनमा मन्त्री र सचिवहरुलाई निर्देशन दिए । नियमित छलफल गर्ने र अनुगमनमा जादा समस्या पहिचान गरी समाधान गर्न सजिलो हुन्छ । त्यसो गर्दा पनि समस्या समाधान गर्न समस्या भए मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई जानकारी दिएर समाधानको लागि पहल गर्न निर्देशन दिए ।

समस्या देखाएर बजेट कार्यान्वयनबाट पन्छिन मिल्दैन् 
मुख्यमन्त्री पोखरेलले मन्त्रालय र मातहतको कार्यालयमा चाहिने संगठन संरचना व्यवस्थापनका लागि अवधारणा तयार गरी मन्त्रिपरिषदमा छलफलमा ल्याउन निर्देशन दिए । अहिले माथिबाट तयार गरी पठाएको संगठन संरचनाले कार्यालय व्यवस्थापन र बजेट कार्यान्वयनमा समस्या भएको मन्त्रालयहरुको गुनासो आएपछि मुख्यमन्त्रीले एक वर्षको अनुभवका आधारमा चाहिने संगठन संरचनाको अवधारणा तयार गर्न निर्देशन दिएका हुन ।

उनले मन्त्रालयगत प्रगति समिक्षा सुनेपछि प्रणालीले विधिलाई खोज्ने, कार्यालय र संगठन संरचना भए नभएको नखोज्ने भएकाले सरकारको कामको जिम्मेवारी र अख्यिारी माथि हुने बताए । तल संरचना नभएको अवस्थामा स्वतः माथि जिम्मेवारी र अख्यिारी माथि हुन्छ—उनले भने—अनेक समस्या देखाएर बजेट कार्यान्वयनबाट पन्छिन मिल्दैन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर