• २०८३ मङ्सिर १३ आइतबार
  • Sunday, 29 November, 2026

आलाभेससँग हारेसँगै बार्सासँग रियलकाे दूरी बढ्याे, वेलिङ्घमलाई राताे कार्ड

काठमाडाैं । अंक तालिकाकाे दाेस्राे स्थानमा रहेकाे रियल मड्रिडले स्पेनिस लिगमा अर्काे झड्का खाएकाे छ । गएरातिकाे खेलमा आलाभेससँग २–१ गाेल अन्तरले हार खाएसँगै पहिलाे स्थानमा रहेकाे बार्सिलाेनासँग रियलकाे दूरी ६ अंककाे भएकाे छ । 

जुड बेलिङ्घमले रातो कार्ड पाएको स्यान्टियागो बर्नाबेउमा शनिबार राति अलाभेसले टोनी मार्टिनेज र एन्जेल पेरेजको गोलमा दुई गोलको अग्रता बनाएको थियो । रियलका लागि किलियन एम्बाप्पेले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

खेलमा रियलले सुरुवातदेखि नै आक्रामक प्रदर्शन गरेको थियो । बेलिङ्घम र एम्बाप्पेको समन्वयमा भिनिसियस जुनियरले गरेको प्रहारलाई अलाभेसका गोलरक्षक एन्टोनियो सिभेराले विफल पारे ।

२२औं मिनेटमा डिन हुइसेनको गल्तीको फाइदा उठाउँदै मार्टिनेजले अलाभेसलाई अग्रता दिलाए । उनले गोलरक्षक थिबाउट कोर्टुवालाई छक्याउँदै गोल गरे । गोललाइनमा रहेका इब्राहिमा कोनाटेको प्रयासका बाबजुद बल गोलमा परिणत भयो । 

पहिलो हाफमै बराबरी गोल फर्काउन रियलले लगातार आक्रमण गरे पनि सफल हुन सकेन । 

दोस्रो हाफको सुरुवातमा अब्दे रेब्बाचले गोल गरे पनि अफसाइडका कारण मान्यता पाएन । तर, ६०औं मिनेटपछि मारियानो डियाजको पासमा एन्जेल पेरेजले गोल गर्दै अलाभेसको अग्रता दोब्बर बनाए ।

६८ औं मिनेटपछि एम्बाप्पेले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे । 

खेलको ८८औं मिनेटमा बेलिङ्घमले विपक्षीकाे पेनाल्टी क्षेत्रमा लडाएकाे नाटक गरेपछि रातो कार्ड पाए । सुरुमा पेनाल्टी दिइए पनि भारको समीक्षा गर्दा उनले नक्कल गरेको ठहर भयाे ।

सबै प्रतियोगितामा लगातार १० खेल जितेर आएको रियलका लागि यो हार अप्रत्याशित रह्यो । यो हारपछि रियलको उपाधि होडमा दबाब थपिएको छ । अहिले ३ अंकले अघि रहेकाे बार्साले एक खेल कम खेलेकाे छ ।

अर्काे खेलमा एट्लेटिकोले एल्चेलाई पराजित गर्दा रायो भालेसानो र रेसिङ सान्टान्दरले पनि जित निकालेका छन् ।

शनिबार राति भएको खेलमा एट्लेटिकोले एल्चेलाई ३–२ गोलले हरायो । एट्लेटिकोका लागि एलेक्स ग्रिमाल्डो, काङ इन ली र जुलियन अल्भारेजले गोल गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर