• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

जपानको ‘अल निप्पोन एयरवेज’ विश्वको सबैभन्दा सफा एयरलाइन्स, हेर्नुहोस् टप–१० सूची ?

एजेन्सी । तपाइले हवाई यात्रामा हुँदा आफू चढेको एयरलाइन्स कति सफाचट छ भनी नियाल्नु भएको छ ? एक नयाँ सर्वेक्षणले विश्वको सर्वाधिक सफा एयरलाइन्सको सूची जारी गरेको छ, जसले तपाईलाई मौलिकताको अनुभव गराउँछ । 

युकेको विमान उद्योग समिक्षक ‘स्काईट्र्याक्स’ले गरेको सर्वेक्षणमा जापानको एएनए अल निपोन एयरवेज विश्वको सबैभन्दा सफा एयरलाइन्समा सूचीको पहिलो स्थानमा छ । त्यस्तै, दोश्रो स्थानमा तइवानको ‘इभिए एयर’ छ भने तेश्रो स्थानमा दक्षिण कोरियाको एसियाना एयरलाइन्स छ । 

‘स्काईट्र्याक्स’को विश्वव्यापी सर्वेक्षणमा यात्रुहरुलाई क्याविनको गुणस्तर र स्तरलाई रेटिङ गर्न भनियो । सिटको अवस्था, टेबल, कार्पेट, क्याविन प्यानलहरु र शौचालय आदीसहितको कुल रेटिङ गर्न लगाइएको थियो । 

सन् २०१८ को विश्वको सर्वाधिक सफा १० एयरलाइन्सको सूची निम्न प्रकार छ :

१. अल निप्पोन एयरवेज(एएनए) – जापान

२. इभिए एयर – ताइवान

३. एसियाना एयरलाइन्स – दक्षिण कोरिया 

४. सिंगापुर एयरलाइन्स – सिंगापुर 

५. जापान एयरलाइन्स – जापान

६. क्याथी प्यासिफिक एयरलाइन्स – हङकङ 

७. कतार एयरवेज – कतार

८. स्विश इन्टरनेसनल एयर – स्विट्जरल्याण्ड 

९. हाइनान एयरलाइन्स – चीन 

१०. लुफ्थान्सा एयरलाइन्स – जर्मनी 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर