• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

कर्णालीका सांसदलाई प्रधानमन्त्रीको निर्देशन : विकासका आयोजनाको विवरण बुझाउनुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई  सरकारले उच्च प्राथमिकतमा राख्ने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशका सांसदहरुसँग आज सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री ओलीले गतबर्षको बजेट बिनियोजनमा कर्णालीका महत्वपूर्ण योजनाहरु छुटेको बताउंदै यसपाली कर्णालीलाई प्राथमिकतामा राखिने बताए । ‘गतबर्ष कर्णाली प्रदेशका जिल्लालाई योजना र बजेट दिन छुटेको सही हो तर यसपाली त्यो क्रम दाहोरिदैन’ प्रधानमन्त्री ओलीले भने– ‘सरकारले कर्णाली प्रदेशको विकासलाई उच्च प्राथमिकतामा राख्दछ ।’

प्रधानमन्त्री ओलीले जनसंख्याका आारमा मात्र स्रोतको परिचालन भन्ने कुरा जायज नभएको बताएका छन् । ‘कर्णालीको भूगोलको विशिष्टता बेग्लै छ’ प्रधानमन्त्री ओलीले भने– ‘यस भूगोललाई विशेष रुपमा बजेट विनियोजन गरेर विकासको मुल प्रवाहमा ल्याउनु पर्दछ  ।’

कर्णाली सम्भावनायुक्त प्रदेश भएकोले देशको विकास र समृद्धिमा यस प्रदेशको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताए । ‘यहाँको खनिज, जलस्रोत, जडिबुट्टीको उपयोगका लागि पनि यस प्रदेशको विकासमा सबैको ध्यान जानु जरुरी छ ।’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले कर्णालीको समग्र विकास र जिल्लागत विकासका आयोजनाहरुको विवरण बैसाशको पहिलो हप्ता भित्र आफूलाई र सम्बन्धित मन्त्रालयलाई उपलब्ध गराउन सांसदहरुलाई निर्देशन समेत दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर