विप्लवका गण्डकी प्रदेशस्तरीय नेता पोखराबाट पक्राउ

पोखरा । कास्की प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जनपरिषद् तमुवान संयोजकलाई मंगलबार पक्राउ गरेको छ । 

नेकपाका जनपरिषद् तमुवान संयोजक किसानसिंह गुरुङलाई पोखराको लेखनाथबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । 

नेता गुरुङलाई उनको आश्रयस्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रमुख डीएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर