• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

भैरहवा भन्सारमा स्वचालित प्रणाली

लुम्बिनी । भैरहवा भन्सार कार्यालयको मुख्य प्रवेशद्वारमा स्वचालित प्रविधिमार्फत सवारीसाधनको जाँच गर्ने प्रणाली लागू भएको छ । नयाँ सफट्वेयरमार्फत जाँच गर्न थालिएको भन्सार कार्यालयका निमित्त प्रमुख राजेन्द्र बन्धु अर्यालले बताए ।

भन्सारमा सो प्रणाली लागू भएसँगै भैरहवा भन्सार प्रवेशद्वारबाट अब चौबीसै घण्टा मालवाहक गाडी भन्सार यार्डमा प्रवेश गर्नसक्ने छन् । यसअघि भन्सार अधिकृतले तोक लगाएर मात्रै सवारीसाधनलाई प्रवेश दिइन्थ्यो । सो प्रणाली लागू भएपछि अब कम्प्युटर प्रणालीबाट काम हुनेछ । “यसले काम छिटोछरितो गराउनेछ”, अर्यालले भने । सुनौली नाका हुँदै दैनिक ५०० को हाराहारीमा मालवाहक सवारीसाधन नेपाल भित्रिने गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर