• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

६१ वर्षीया महिलाले आफ्नै नातिनीलाई जन्म दिइन्, कसरी ? 

एजेन्सी । अमेरिकाको नेब्रास्का राज्यको ओमाहा सहरस्थित नेब्रास्का मेडिकल सेन्टरमा उमा लुइजेले सोमबार बिहानको ६ः०६ बजे आफ्नै हजुरआमाको कोखबाट जन्म लिइन् । सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ, तर यो सत्य हो । 

उमाको जन्म आफ्नै हजुरआमाको कोखबाट भएको हो र उमाको अन्टी(फुपु)ले गर्भधारणका लागि डिम्बे दान गरेकी थिइन् । 

उमाको जन्म एक अपरम्परागत प्रक्रियाबाट भएको मान्न सकिन्छ तर, उनका दुई बुवा यसबाट सबैभन्दा खुशी छन् । उमाका दुई बुवाहरु छन्, जसले समलिंगी विवाह गरेका छन् । 

‘तपाई समलिंगी हुनुहुन्छ, विवाह गर्नु भएको छ भने तपाई बच्चाको चाहाना राख्नुहुन्छ । यस्तो अवस्थामा तपाईले आफ्नो नयाँ परिवारलाई कसरी विकसित गर्नका लागि विभिन्न ज्ञान लिनुहुन्छ’, उमाका एक बुवा मेथ्यु इलेड्जले भन्छन् । 

‘परिवार बनाउने नयाँ र रचनात्मक तरिकाहरु छन्’, उमाका अर्का बुवा इलियट डोहर्टी भन्छन् । 

मेथ्युको स्पर्म र इलियटकी दिदी लिया रिबेको डिम्बको प्रयोग गरेर ‘भाइट्रो फर्टिलाइजेसन’ प्रविधिको माध्यमबाट इलेड्जकी ६१ वर्षीया आमा सेसिली रिनेक इलेड्जको गर्भमा उमालाई विकसित गराइएको सिएनएनले जनाएको छ । 

‘मैले मेरो कलेजमा गर्भ बोकिदिने धेरै मानिस भेटे, तर यसका लागि हामीले धेरै खाले सम्झौता गर्नु पर्थ्यो’ मेथ्युले भने, ‘सबैभन्दा ठूलो कुरा, यस्तो गर्ने निस्वार्थ महिलाहरु हामी सँग भएकोमा हामी आफूलाई भाग्यमानी ठान्छौँ’ । 

मेथ्यु र इलियट पेशाले हेयर स्टाइलिस हुन् । आफ्नो परिवार र साथीभाईको सहयोप्रति धन्यवाद भन्छन् । 

‘हाम्रो जीवनमा यी दुई महिला हुनु सबैभन्दा सम्मानको कुरा हो । जीवन एक सपना हो’, इलियटले फेसबुकमा लेखेका छन् । तस्विर ः सिएनएन

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर