• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नेपालको राजनीतिमा भारतीय चुनावी परिणामका संभावित बाछिटा  

छिमेकी मित्ररास्ट्र भारतमा लोकसभाको चुनाव प्रारंभ भएको छ । यसपालिको चुनावको सतही आंकलन हेर्दा भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडिए भन्दा काङ्ग्रेस आइको नेतृत्वमा रहेको युपिए को अबस्था सुधारउन्मुख देखिन्छ ।

संसारकै ठूलो र पुरानो लोकतान्त्रिक मुलुक भारतले आबधिक निर्बाचनको अभ्यास गरिरहेको दृष्य विश्वका लोकतन्त्र प्रती बिश्वास गर्ने रास्ट्र्का लागि महत्वपुर्ण कुरा नै हो । यसपाली प्रधानमन्त्री नरेन्द्र मोदि नेतृत्वको गठबन्धनले सामान्य बहुमत ल्याएर मुस्किलले सरकार बनाउन त सक्ला तर राउल गान्धीको काङ्ग्रेस आइ गठबन्धन यसपाली भारतीय लोकसभा बलियो र प्रभावशाली रुपमा उपस्थित हुने भारतीय विश्लेसकहरुको दाबी छ ।

नेपालको भु राजनीतिक धरातल हेर्ने हो भने अर्को छिमेकी मित्ररास्ट्र चिन नेपालको राजनितिमा प्रभाबशाली रुपमा स्थापित भैसकेको छ । बैशाख ११ गते देखि १९ गते सम्म रास्ट्रपति बिध्या देबि भण्डारी बाट गरिने चिन भ्रमणको ठूलो महत्त्वपूर्ण स्थान रहने देखिन्छ । यसले नेपाल को राजनीतिक स्थिरता ,बिकास र समृद्धि को लागि महत्त्वपूर्ण योगदान पुर्याने छ ।

आजभन्दा ११ बर्ष अगाडि नेपाली जनताको जनादेश बमोजिम  संबिधान सभाको निर्णय अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रबेश गरेको हाम्रो देश नेपालले भारतीय निर्बाचन परिणाम लाई गंभिर चासोका साथ हेर्नू स्वाभाविक हो ।

२००७ सालको राजनीतिक परिवर्तन देखि नै नेपाली राजनीतिमा भारतीय प्रभाव र पहुच बढ्दै गएको महसुस नेपाली जनताले गर्दै आएका छ्न् । नेपालमा संबिधान सभाको निर्बाचन ,निरंकुश राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना तत्कालिन सात राजनीतिक दल र माओबादी बिच संपन्न १२ बुदे समझदारिको रोडम्याप अनुसार भएको थियो । जुन समझ्दारी  भारतीय भुमीमा नै भएको थियो । यस कारण पनि नेपाली राजनीतिमा  भारतीय प्रभाव लाई गंभिरता साथ हेर्ने नेपाली मनस्थिति बलियो छ ।

यतिबेला भारतमा निर्बाचन पछि नेपाली राजनीतिमा परिवर्तन आउने छ भन्ने हल्लाले केही स्थान ओगटेको छ । यसको प्रमुख कारण नेपालमा राजनीतिक अस्थिरता पैदा गरि त्यो अस्थिरताको आगोमा आ(आफ्नो रोटि सेक्ने दाउमा रहेका स्वदेशी तथा बिदेशी पात्र र प्रबृत्तिको चहना नै हो ।

अब एउटा ब्यक्ती र परिवारको पुनर्स्थापना गर्ने तर्फ र सार्बभौमसत्ता संपन्न जनता बाट रैती बन्न कुनै पनि नेपाली लाग्ने छैनन।संबिधान सभाको निर्बाचन र तिनै तहको निर्बाचनहरुमा ९७%जनमत सहित नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्र को पक्षमा स्पष्ट जनादेश दिइसकेका छ्न् ।

उनिहरु निकटष्थहरूबाट नै यस्ता हल्लाले प्रोत्साहन पाइरहेको देखिन्छ । नेपाललाइ हिन्दु रास्ट्र घोषणा गराउन र पुर्ब राजा लाई राजनितिक स्पेस दिलाउन भारतले भुमिका खेलिदिने छ भन्ने भ्रम छर्ने हरुपनि बाक्लै रुपमा भेटिन थालेका छ्न । जसको कुनै राजनीतिक , संबैधानिक र कानुनी आधार  एबं जनमत देखिदैन । 

पुर्ब राजा ज्ञानेन्द्रको मन्दिर दर्शन र बिप्लबको आन्दोलन लाई जोडेर हेर्ने र आत्मारतिमा रमाउनेको संख्या भने केही सामाजिक संजाल र दोबाटो हरुमा छिटपुट देखा परिरहेका छन ।यसैलाइ हेरेर होला प्रधानमन्त्री के .पि.शर्मा ओलि ले भनेका छन्, जनताले लामो संघर्ष गरेर ल्याएको परिवर्तन संघीय लोकतान्त्रिक गणतन्त्र केही नन्दी भिरङी हरु कराउदैमा मन्दिर मन्दिर धाएर फेरि लाउदैमा उल्टिने वाला छैन।

अब एउटा ब्यक्ती र परिवारको पुनर्स्थापना गर्ने तर्फ र सार्बभौमसत्ता संपन्न जनता बाट रैती बन्न कुनै पनि नेपाली लाग्ने छैनन।संबिधान सभाको निर्बाचन र तिनै तहको निर्बाचनहरुमा ९७%जनमत सहित नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्र को पक्षमा स्पष्ट जनादेश दिइसकेका छ्न ।

भारतीय चुनाबपछी नेपालमा के हुन्छ ?

भारतीय चुनाव पछि भारता एक थान सरकार बन्ने छ । उसले आफ्नो नीति , कार्यक्रम र योजना अनुसार भारत र भारतीय जनताको सेवा गर्ने छ ।नेपालमा त्यसको खासै प्रभाव पर्ने देखिदैन ।किनभने नेपालमा संबिधान जारी नगराउने प्रयास सफल नभएपछी भारतले नेपाली राजनीति आफ्नो ग्रीप बाट बाहिर गएको महासुस गरिसके छ । झन त्यसमाथि प्रदेश  २ मा बाहेक बाकी छ वटै प्रदेशमा नेपाल कम्युनिस्ट पार्टीको सुबिधाजनक बहुमतको सरकार र केन्द्रमा पनि दुई तिहाइ बहुमतको नेपाल कम्युनिस्ट पार्टीकै सरकार नेपालमा राजनीतिक स्थिरता को बलियो आधार भएकोले भारतले अब नेपाली राजनीतिमा खेल्ने ठाउँ देखि रहेको छैन । 

अस्थिर र त्रिशंकु संसदमा खेलेर आफुले चाएको प्रधानमन्त्री बनाउने र त्यही प्रधानमन्त्री मार्फत आफ्ना स्वार्थहरु पूरा  गर्ने र गराउने काम अबको चार बर्ष संभावना देखिदैन । त्यो नेपालमा अस्थिरता चाहने स्वदेशी तथा बिदेशी पात्र र प्रबृत्ति ले राम्रै संग बुझेका छ्न् ।

भारतले अब नेपाली राजनीतिमा नेपाली जनताको चाहना र भावना बिपरित नेपालमा केही गर्न हुदैन भन्ने कुरा तीन बर्ष अघि नेपाल विरुद्ध कगाइएको असफल नाकाबन्दीबाट ठुलो शिक्षा लिएको हुनु पर्दछ । नेपाल र नेपाली जनताले आफू र आफ्नो संन्ततीलाई देश को रास्ट्रपति बन्ने ,बनाउने बर्तमान स्थापित गरिसकेका छन । नेपाली जनता अब पछाडी फर्कन चाहदैनन् भन्ने कटु सत्य छिमेकी मित्ररास्ट्र भारतले रामै संग बुझेको छ ।

यहि कारण पनि भारत नेपाली राजनीतिबाट निरास भएको हुनु पर्दछ । नेपालको राजनीतिक धरातल र जनताको मनोबिज्ञान लाई बुझेर नै प्रधानमन्त्री नियुक्ति हुनु भन्दा पहिला संसदको सपथग्रहण समेत नगरेका के पि शर्मा ओलि र पुस्प कमल दाहाल प्रचण्ड लाई  बधाई तथा शुभकामना दिन आफ्नो बिदेश मन्त्री शुस्मा स्वराज लाई कुटनैतिक मर्यादा भन्दा माथी उठेर काठमाडौंमा नै  पठाएको थियो ।

भारतले अब नेपाली राजनीतिमा नेपाली जनताको चाहना र भावना बिपरित नेपालमा केही गर्न हुदैन भन्ने कुरा तीन बर्ष अघि नेपाल विरुद्ध कगाइएको असफल नाकाबन्दीबाट ठुलो शिक्षा लिएको हुनु पर्दछ । नेपाल र नेपाली जनताले आफू र आफ्नो संन्ततीलाई देश को रास्ट्रपति बन्ने ,बनाउने बर्तमान स्थापित गरिसकेका छन । नेपाली जनता अब पछाडी फर्कन चाहदैनन् भन्ने कटु सत्य छिमेकी मित्ररास्ट्र भारतले रामै संग बुझेको छ ।
  
नेपालको भु राजनीतिक धरातल हेर्ने हो भने अर्को छिमेकी मित्ररास्ट्र चिन नेपालको राजनितिमा प्रभाबशाली रुपमा स्थापित भैसकेको छ । बैशाख ११ गते देखि १९ गते सम्म रास्ट्रपति बिध्या देबि भण्डारी बाट गरिने चिन भ्रमणको ठूलो महत्त्वपूर्ण स्थान रहने देखिन्छ । यो भ्रमण मा हुने प्रोटोकल हस्ताक्षर पछि नेपालले निर्बाद रुपमा चिनियाँ सामुन्दृक बन्दरगाह हरुको प्रयोग गर्न पाउने छ । यसले नेपाल को राजनीतिक स्थिरता ,बिकास र समृद्धि को लागि महत्त्वपूर्ण योगदान पुर्याने छ ।

यो घटना क्रम र परिस्थिति नियालिरहेको चिमेकी मित्ररास्ट्र भारतमा चुनाव पछि जस्तोसुकै सरकार बनेता पनि नेपाली राजनितिमा कुनै राजनितीक परिवर्तन हुने संभावना देखिदैन । नेपाल अब चिन ,अमेरिका र पश्चिमा हरुको पनि त्यतिकै चासो को मुलुक हुन पुगेकोले नेपाल र हामी नेपाली जनता एक देश संग मात्र निर्भर हुन आबस्यक छैन । हाम्रो राजनीतिक स्थिरता ,मुलुकको बिकास र समृद्धिमा हामी जस्तै अन्तरास्ट्रिय शक्तिरास्ट्रको पनि त्यतिकै चासो र चिन्ता जरुर रहन्छ । यो संबिधान निर्माण पछि संपन्न तिनै तहको निर्बाचनले दिएको राजनितिक स्थिरता को परिणाम हो ।

    –लेखक राप्रपा संयुक्तका केन्द्रीय कार्यसंपादन समिति सदस्य हुन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर