• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

आज छन्द दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै 

काठमाडौँ  ।आज छन्द दिवस,साहित्य खासगरी कविता विधामा प्रयोग हुने छन्दको संरक्षणका लागि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । 

छन्द दिवसको अवसरमा पोखरा, चितवन, काठमाडौंलगायतका शहरमा विभिन्न साहित्यिक कार्यक्रम हुँदैछन् । साहित्य डवलीमा ११ बजेदेखि छन्दयुक्त कविता बाचन गर्ने कार्यक्रम छ ।

नेपाली कवितामा हराउँदै गएको छन्दको प्रयोगलाई यथास्थानमा ल्याउने प्रयत्न स्वरुप पोखरेली कवि माधव वियोगीले २०५३ साल बैशाख ८ गतेदेखि छन्द बचाउ अभियान सुरु गरेका थिए।  त्यसपछि पञ्चाङ्ग निर्णायक समितिले हरेक बैशाख ८ गते छन्द दिवस मनाउन सहमति दिएको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर