सेयर आवेदन: '५०२ ब्याड गेट वे' बाट हैरान हुनुहुन्छ, नआत्तिनुस अबको ३० मिनेटमै समस्याको समाधान हुँदै

काठमाडौं । सिडीएएससी एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ एपमा समस्या आउँदा लगानीकर्ता हैरान भएका छन् । साधारण सेयरको आवेदन दिने उक्त एपमा समस्या आएपछि लगानीकर्ताहरुले हैरानी बेहोर्नु परेको हो । 

पटक-पटक प्रयास गर्दा पनि अनलाइनबाट सेयर भर्न लाग्दा ‘५०२ ब्याड गेट वे’ ले लगानीकर्ता आक्रोशित भएका छन् । लगानीकर्ताहरुले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो आक्रोश पोखेका छन् । 

यता, सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले अबको आधी घण्टामा समस्याको समाधान हुने बताएका छन् । एकै पटक धेरै कम्पनीको आवेदन खुलेका कारण सफ्टवेयरमा लोड पर्दा केही समस्या आएको उनले बताए । 'सप्टवेयर प्रयोगकर्ताको ट्राफिक बढी भएकोले छिनछिन केही समस्या जस्तो देखिएको हो । तर एक दुई पटक दोहोर्याएर गरे सेयरमा आवेदन दिन सकिन्छ ।' समाचारदैनिक डटकमसँगको कुराकानीमा उनले भने, 'अबको आधी घण्टामा सबै समस्याको समाधान हुन्छ ।' 
 
अहिले नौ कम्पनीको साधारण सेयर निष्काशन भएको छ । सात कम्पनीको प्राथमिक सेयर र  दुई कम्पनीको हकप्रद सेयरको बिक्री खुल्ला भएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर