• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

यी हुन् नेकपाका ३२ वर्षका कान्छा जिल्ला अध्यक्ष

उनिहरू भन्छन् , 'पार्टीले दिएको जिम्मेवारी पूरा गर्छौ'

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सार्वजनिक गरेको ७७ वटै जिल्लाका अध्यक्ष र सचिव मध्ये उदयपुर र स्याङजाका अध्यक्ष भने कान्छो उमेरका रहेका छन् ।  नेकपामा आवद्ध रहेर उनीहरुले सानै उमेरमा अध्यक्षको जिम्मेवारी पाएका हुन् । नेकपाले एकता भएको एक वर्षपछि सबै जिल्लाका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो ।

आइतबार साँझ पार्टीको सचिवालय बैठक बसेर टुंगो लगाइएको नामावलीमा केही ठूला नेताहरु सचिव भएको ठाउँमा तल्लो तहमा रहेका नेताहरु अध्यक्ष रहेका छन् । जिल्ला अध्यक्ष र सचिवबीचको पोर्टफोयिलो नमिलेपछि केहि जिल्लाका नेताहरुले असन्तुष्ट समेत जनाएका छन् । 

नेकपामा यसअघि केन्द्रीय सदस्य भएका सदस्यहरु जिल्लाको अध्यक्ष हुनसक्ने भएपनि यो सूचिमा त्यस्तो छैन । देशभरबाट ८ जना केन्द्रीय सदस्यलाई जिल्ला कमिटी सचिव बनाइएको छ । पूर्वमाओवादी खेमाका ८ जना केन्द्रीय सदस्यहरु सचिवमा घटुवा भएका छन् ।

पार्टी वरियतामा ती ८ जना केन्द्रीय सदस्यहरुले आफूभन्दा जुनियरको मातहतमा रहेर काम गर्नुपर्ने छ । तत्कालीन एमालेले अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याउने सिद्धान्त अनुरुप पद बाँडफाड हुदा केहि समस्या देखिएको केहि नेताहरुको भनाई छ । तर केहि जिल्लामा चयन भएका अध्यक्ष वा सचिव उमेरकै आधारमा पनि सबैभन्दा कान्छा उमेरमा छन् । 

सूर्यप्रसाद गैरे–अध्यक्ष, स्याङ्जा
जिल्ला नेतृत्व चयन गर्ने क्रममा नेकपाले स्याङ्जा जिल्लामा ३२ वर्षीय सूर्यप्रसाद गैरेलाई अध्यक्ष पदमा चयन गरेको छ । पूर्व एमाले र माओवादी केन्द्रबीच भएको भागबण्डामा पूर्व माओवादी केन्द्रका तर्फबाट गैरे अध्यक्ष भएका हुन् । गल्याङ नगरपालिका, ९ का गैरे १५ वर्षको उमेरमा माओवादी शसस्त्र द्वन्द्वमा होमिएका थिए । 

उनी १२ वर्षको उमेरमै अनेरास्ववियु (क्रान्तिकारी) सदस्य बनेका थिए । पार्टीले जिल्लाको संयोजक वा अध्यक्षले नै नेतृत्व गर्ने गरी भएको सहमतिअनुसार एकता पश्चात उनी अध्यक्ष भएका हुन् । अध्यक्ष गैरे गत निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ को (ख) बाट कांग्रेस उम्मेदवार भगवत प्रकाश मल्लसँग पराजित भएका थिए । अध्यक्षमा चयन भएसँगै उनले समाचारदैनिकसंग कुरा गर्दे लामो समयदेखिको बलिदानलाई पार्टीले मूल्याङकन गरेको बताए ।

सानो उमेरदेखि अखिल क्रान्तिकारीको बिधालय प्रारम्भिक कमिटी अध्यक्ष हुँदै सुरु गरेको राजनीतिलाई उनले निरन्तरता दिइरहेका छन् । २०५८ सालमा भुमिगत भएर उनले विभिन्न ठाउँमा पार्टी फिल्डमा काम गरिसकेका छन् । २०६० साल भदौँ १९ गते उनी नवलपरासीबाट गिरफ्तारमा परे ।

 

जन्म दिने बुबा आमा दुवै गुमाएका कटुवाल २०५७ सालदेखि तत्कालिन माओवादीमा पूर्णकालिन भएर काम गरेका थिए । उनी लामो समय सिन्धुपाल्चोकस्थीत नेता अग्नि सापकोटाको घरमा गएर बसेका थिए । तीन बर्षको बसाईका क्रममा उनले त्यही स्थानीय एक बिद्यालयमा अध्ययन समेत गरेका थिए ।

 

उनी २२ महिना सैनिक हिरासतमा बसे , पछि उनलाई  नवलपरासीबाट पोखरा सारिएको थियो । उनले ३७ महिना हिरासत र जेल जीवनमा बिताए । उनले तत्कालिन नेकपा माओवादीको जिल्ला सदस्य हुँदै कार्यालय सचिवको पनि जिम्मेवारी बहन गरिसकेका छन् ।  उनले भने, 'विभिन्न जिम्मेवारी पूरा गर्दै यो ठाउँमा आएकाले विधि प्रक्रिया अनुसार नै आफ्नो जिम्मेवारी पूरा गर्नेछु । चुनौती त छ नै तर पनि सबैसँग समन्वय गरेर पार्टीले दिएको जिम्मेवारी पूरा गर्नेछु ।'   स्याङजाको जिल्ला भने सचिवमा पूर्व एमालेका अध्यक्ष मिन बहादुर गुरुङ चयन भएका छन् । उनी तत्कालिन एमालेमा हुँदा विभिन्न पदमा रही काम गरी जिल्ला अध्यक्षसम्म बनेका थिए ।

विनोद कटुवाल–अध्यक्ष, उदयपुर

नेकपाले उदयपुरको अध्यक्ष पदमा ३२ वर्षका विनोद कटुवाल (विवश) लाई जिम्मेवारी दिएको छ । उदयपुर कटारी वडा नम्वर २ घर भएका कटुवाल यसअघि तत्कालिन नेकपा माओवादी केन्द्र उदयपुर जिल्ला कार्य समितिका जिल्ला संयोजक रहेका थिए । जनयुद्ध सुरु भएसँगै २०५५ सालमा बुबा गुमाएका उनले २०५९ सालमा भने आफ्नो आमा गुमाएका थिए । जन्म दिने बुबा आमा दुवै गुमाएका कटुवाल २०५७ सालदेखि तत्कालिन माओवादीमा पूर्णकालिन भएर काम गरेका थिए ।

उनी लामो समय सिन्धुपाल्चोकस्थीत नेता अग्नि सापकोटाको घरमा गएर बसेका थिए । तीन बर्षको बसाईका क्रममा उनले त्यही स्थानीय सेतीदेवी माध्यमिक बिद्यालयमा अध्ययन समेत गरेका थिए । नेता सापकोटाकै घरबाट उनकी बहिनीले समेत प्रवेशिका परिक्षा पास गरेकी थिइन् ।

उनले उदयपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागी स्वतन्त्र उम्मेदवारी पनि दिएका थिए । उम्मेद्वारी दर्ता गरेपनि पछि उनले आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए । समाचार दैनिक डटकमसँग कुराकानी गर्दै उनले भने, ‘पार्टीले मेरो योगदानको कदर गरेर यो जिम्मेवारी दिएको छ, यसमा निक्कै खुसी छु ।

काम गर्न सहज त छैन, जिल्लाको नेतृत्व गर्न चुनौतीपूर्ण छ । तर पार्टीले लिएको नीति प्रक्रियालाई अवलम्बन गर्दै अगाडी बढ्ने भएकाले पार्टीले दिएको जिम्मेवारीलाई पूरा गरेरै छाड्ने छु ।’ उदयपुरको सचिवमा भने इश्वरमणी रावत चयन भएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर