‘कुली नम्बर १’ मा वरुणसँग सारा 

काठमाडौं । फिल्म  ‘कुली नम्बर १’ को रिमेक बन्ने औपचारिक घोषणा भएको छ । । २५ वर्ष अगाडी बनेको फिल्मको रिमेकमा वरुणसँग सारा अली खानको जोडी देख्न सकिने छ ।  कुली नम्बर १ मा गोविन्दा अहुजा र करिश्मा कपूरको मुख्य भुमिका रहेको थियो ।

यो फिल्मको औपचारिक घोषणा गरिएको तरण आदर्शले टुविटर मार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘२५ वर्ष पछि डेविड धवन र बासु भगनानी कुली नम्बर १ को रिमेकको लागि एक साथ काम गर्दैछन् ।

फिल्ममा वरुण धवन र सारा अली खानको मुख्य भुमिका रहने छ ।’यो फिल्म मार्फत वरुण आफनो पितासँग दोस्रो पटक काम गर्दैछन् । वरुणले ‘जुडुवा २’मा डेविडको निर्देशनमा काम गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर