• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

आईपीएल : रोयल च्यालेन्जर बैंगलोरद्वारा पञ्जाबविरुद्ध महत्वपूर्ण जित हासिल

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर बैंगलोरले पञ्जाबविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ ।

आफ्ना ७ खेलमा पराजय व्यहोरिसकेको बैंगलोरका लागि एकमात्र पराजयले पनि आईपीएलको अघिल्लो चरणमा प्रवेशका लागि बाटो छेक्न सक्छ । बाँकी सबै म्याचमा जित्नै पर्ने बाध्यता रहेको बैंगलोरका लागि पञ्जाबविरुद्ध जित हासिल गर्न दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डि भिलियर्सले विस्फोटक ब्याटिङ गरे ।

पहिला ब्याटिङ गरेको बैंगलोरले डि भिलियर्सको विस्फोटक ब्याटिङको मद्दतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०२ रनको योगफल तयार पारेको थियो । डि भिलियर्सले ४४ बलमा अविजित ८२ रन बनाएका थिए । त्यसैगरी पार्थिव पटेलले २४ बलमा ४३ रन बनाए भने मर्कुस स्टोइनिसले ४६ रन बनाए ।

पञ्जाबका बलरमा मोहम्मद सामी सर्वाधिक महँगा साबित भए । उनले चार ओभर बलिङ गर्दै एक विकेट हासिल गरेर ५३ रन दिए । अर्का बलर हार्डुस भिल्जोनले पनि चार ओभरमा ५१ रन दिए ।

२०३ रनको लक्ष्यसहित मैदानमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८५ रनमात्र बनाउन सक्यो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर