वैशाख १३ मा ७५ वर्षीय टुहुरेको एकल साँझ हुंदै

काठमाडौं। आगामी वैशाख १३ गते ७५ वर्षीय जनगायक जेबि टुहुरेको एकल साङ्गितिक प्रस्तुति  'जेवि टुहुरेको निरन्तरता २०७६ ' आयोजना हुने भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना हुने सो कार्यक्रममा जनयायक टुहुरेले आफ्ना छानिएका १४ वटा गीत गाउनेछन् । सोही कार्यक्रममा जेबि टुहुरे फाउण्डेसनको पनि घोषणा गरिनेछ। फाउण्डेसनले जनवादी गीत संगितको प्रवर्द्धन तथा राष्ट्र सेवा, मानव सेवा र समाज सेवाका क्षेत्रमा काम गर्ने अध्यक्ष निर्भिका टुहुरेले वताइन्। 

२०२४ सालदेखि साङ्गितिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले करिव १ सय ५० भन्दा वढि गीत रेकर्ड गराएका छन् ।  आमा दिदीबहिनी हो , कति वस्छौं दासी भई , सुस्खको संधै प्यासी वनेर  , उनले २०३४ सालदेखि अहिलेसम्म गाउँदै आएको  चर्चित गीत हो ।

कार्यक्रममा प्रधानमन्त्री केपि शर्मा ओली , नेकपा अध्यक्ष पुष्पकमल दाहाल लगायतको सहभागिता रहने टुहुरेले वताइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर