जडिबुट्टीमा सुरु भयो गायक अमृत र गायीका स्मृतिको ‘शैलुङ्ग रोधी घर’

काठमाडौं । काठमाडौंको जडिबुट्टिमा गायक अमृत खाती र गायीका स्मृति गौतमले ‘शैलुङ्ग रोधी घर’ संचालनमा ल्याएका छन् । सफा, स्वस्छ र पारिवारिक वातावरणमा नेपाली लोक गित र कलाको संरक्षण गर्ने उद्देश्यले रोधी घर संचालनमा ल्याइएको हो । 

गत वैशाख ६ गते संचालनमा आएको उक्त रोधीमा हाल उद्घाटन सत्रका विभिन्न कार्यक्रमहरु संचालन भइरहेका छन् । रोधी घर उद्घाटन सत्रको पहिलो दिन वरिष्ठ लोक गायक कुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

साथै, संचालनको दोस्रो दिनमा वरिष्ठ लोक दोहोरी गायक रेशम थापा, शोभा त्रिपाठी, कलाकार राजा राजेन्द्र लगायतको उल्लखनीय उपस्थितिमा भएको थियो । लोकप्रिय संगितकार सुरेश अधिकारी लगायत अन्य स्रष्टाहरु उद्घाटन सत्रमा उपस्थित भई सफलताको कामना गरेका छन् । संचालक तथा गायीका गौतमका अनुसार आगामी वैशाख १५ गतेसम्म लोकदोहोरी क्षेत्रका विभिन्न स्रष्टाहरुलाई सम्मान तथा रोधीको औपचारीक उद्घाटन सत्र संचालन हुनेछ । 

पारिवारिक वातावरणमा नेपाल िलोक गित संसिगतको मनोरन्जन र आगामी दिनमा लोक गितको संरक्षण संवर्धनका लागि शैलुङ्ग रोधी घर सदैव प्रयास गरिरहने  रोधीका संचालनक खातिले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर