• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

जितका लागि थाइल्याण्डले पायो २३५ रनको लक्ष्य 

काठमाडौं ।  थाइल्याण्डमा जारी एसिसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई २३५ रनको फराकिलो लक्ष्य दिएको छ ।

थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा सात विकेट गुमाउँदै २३४ रनको योगफल खडा ग¥यो ।  नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ५८ रनको योगदान दिए । त्यसैगरी विशालविक्रम केसीले ३८, दीपक बोहराले ३५, विशालकुमार पटेल २८ र निखिलकुमार सिंहले २२ रन जोडे । 

बलिङतर्फ थाइल्याण्डका नारावेट नुन्ताराज एक्लैले तीन तथा योड्साक सारानोननाकुनले दुई विकेट झारे । जारी प्रतियोगितामा नेपालले यसअघि खेलेको दुवै खेलमा विजयी हासिल गरेको छ । नेपालले शनिबार भएको पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो भने हिजो बुधबार भएको दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गरेको थियो ।

२३५ रनको विजयी लक्ष्य बोकेर अहिले नपाल थाइल्याण्डविरुद्ध जवाफी ब्याटिङमा उत्रेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर