प्रोत्साहन भत्ताको माग गर्दै सर्वोच्चका कर्मचारी आन्दोलित

काठमाडौं । अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता भत्ता माग गर्दै न्यायपालिकाका कर्मचारी आन्दोलित भएका छन् । 

चालू आर्थिक वर्ष अर्थात २०७५ को साउनदेखि सरकारले अतिरिक्त भत्ता कटौती गरेको थियो । कटौती गरिएको अतिरिक्त काम गरेको प्रोत्साहन भत्ता सरकारले फागुनदेखिको उपलब्ध गराउने निर्णय गरेको छ । तर न्यापालिकाका कर्मचारीले साउन देखिको भत्ता पाउनुपर्ने माग गरेका हुन् ।

आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति सर्वोच्च अदालतको अगुवाईमा सो अवधिको पनि प्रोत्साहन भत्ता नदिए काम नै रोक्ने गरी आन्दोलनका कार्यक्रम अघि सारिएको छ । समितिले वैशाख १२ र १३ गते कार्यालय समयमा कालो पट्टी बाँधेर काम गर्ने बताइएको छ । त्यस्तै १५ गतेदेखि दैनिक निश्चित समय काम नगर्ने कार्यक्रम तय गरिएको छ । 

एक साताभित्र सो समयको अतिरिक्त कामको भत्ता दिने ग्यारेन्टी नभए कामकाज नै ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर