नेप्से सुचक १३ सय नजिक, कारोबार सबा अर्बमाथि

काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । बुधबार १९ अंकले बढेको बजार आज १२ दशमलव ८३ अंकले बढेर एक हजार २ सय ९२ दशमलव १२ को बिन्दुमा पुगेको छ । 

सुचक बढेसँगै कारोबारमा पनि वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार १७६ कम्पनीको एक अर्ब ३५ करोड ८४ लाख १० हजार ७०७ रुपैयाँको सेयर किनबेच भएको छ । 

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ इन्डेक्श २ दशमलव ७३ अंकले बढेर २ सय ७९ दशलमव ६७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

नेपाल बैंकको सर्वाधिक सेयर किनबेच
बुधबार सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भएको छ । बैंकको १८ करोड ४१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको हो । आज बैंकको सेयर भाउ ३ रुपैयाँ बढेर ३१५ रुपैयाँ कायम भएको छ । त्यस्तै नेपाल क्रेडिट एण्ड कमर्स बैंक र प्रभु बैंकको सात करोड भन्दा बढी रुपैयाँको सेयर कारोबार भएकोछ । 

सर्वाधिक कमाउनेमा
यस दिन सर्वाधिक कमाउनेमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताहरु रहेका छन् । कम्पनीको सेयर मुल्यमा ९ दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको सेयरभाउ प्रतिकित्ता ४२ रुपैयाँ बढेर ४ सय ६९ रुपैयाँ पुगेको छ । यता, सर्वाधिक गुमाउनेमा ताराँगाँउ रेजेन्सी होटलका लगानीकर्ताहरु रहेका छन् । कम्पनीको सेयर मूल्य ९ दशमलव ९० प्रतिशतले घटेको छ । 

सबै समूहको सुचक हरियाली
बिहीबार कारोबारमा आएका सबै समूहहरुको सुचकमा हरियाली छाएको छ । जसमध्ये सबैभन्दा बढी जीवन बीमा समूहको सुचक ८९ दशमलव ९१ अंकले बढेको छ ।   
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर