कमोडिटी एक्सचेन्जका लागि फेरि खुल्यो आवेदन

काठमाडौं । वस्तु बजार (कमोडिटी एक्सचेन्ज) कम्पनी सञ्चालन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डले फेरि निवेदन आव्हान गरेको छ । बोर्डले एक सुचना जारी गर्दै आवेदन माग गरेको हो । 

बोर्डले कमोडिटी एक्सचेन्ज सञ्चालनका लागि पूर्व स्वीकृति लिन इच्छुक कम्पनीले दुई  महिनाभित्र आवेदन दिनुपर्ने बताएको छ । बोर्डले यसअघिको आवेदन रद्द गरी नयाँ आवेदन खुला गरेको हो । 

पूर्व स्वीकृति दिँदा प्रस्तावित कम्पनीको चुक्ता पुँजी र रणनीतिक साझेदार, प्रस्तावित प्रविधि, व्यवसायिक योजना, संस्थागत स्वामित्व संलग्नता र व्यवस्थापनको योग्यतालाई आधार बनाउने उल्लेख गरेको छ । 

बोर्डले सबै कम्पनीको आधार हेरेर दुईवटा कम्पनीलाई मात्रै सञ्चालन अनुमति दिने बताएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर