• २०८१ बैशाख २० बिहीबार
  • Thursday, 2 May, 2024

हावाहुरी प्रभावितको घर निर्माणका लागि सेनालाई ८४ करोड

काठमाडौं । बारा र पर्सामा आएको हावाहुरीबाट क्षति भएका घर निर्माणका लागि सरकारले ८५ करोड दिने भएको छ । सरकारले नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ दिने गरेको निर्णय गरेको हो । 

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बसेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले उक्त कुराको जानकारी दिएका हुन् । हावाहुरीबाट क्षतिग्रस्त १४ सय ५३ वटा घर निर्माणका लागि सेनालाई उक्त रकम दिइएको उनले जानकारी दिए । 

यसअघि सरकारले बारा र पर्सामा हावाहुरीबाट क्षतिग्रस्त घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर