प्रदेश पाँच सरकारले यसवर्ष प्रदेशमा ६ दिन विदा दिने

बुटवल । प्रदेश पाँच सरकारले यसवर्ष प्रदेशमा ६ दिन विदा तय गरेको छ । ६ दिन तय भएका विदामा प्रदेश भरका लागि ४ दिन सार्वजनिक विदा तय गरिएको छ । त्यस्तै २ दिन स्थानिय विदा तय गरेको छ ।

प्रदेश भरी विदा दिने गरी प्रदेश सरकारले बकर इदमा एक दिन, माघि र माघे संक्रान्तिमा माघ एक र दुइ गते गरी २ दिन र प्रदेश स्थापना दिवसमा फागुन ३ गते एक दिन विदा दिने निर्णय गरेको प्देश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताए  । 

बिहिवार बसेको मन्त्रीपरिषद बैठकले  स्थानिय चाडपर्वलाई मध्यनजर गरी स्थानिय तहको निर्णयबाट एक दिन तथा समुदायमा आधारित विदा त्यस समुदायका कर्मचारीले पाउने गरी एक दिन गरी जम्मा ६ दिन विदाका बारेमा निर्णय गरेको छ । यता प्रदेश पाँचमा एक वर्षमा विपतमा मृत्यु भएका ५१ जनाको परिवारलाई प्रदेश पाच सरकारले राहत दिने निर्णय पनि गरेको छ ।

प्रदेश सरकार मन्त्रीपरिषदको बिहिवारको बैठकले ०७४ फागुन ३ गतेदेखि ०७५ पुस मसान्तसम्म मृत्यु भएका ५१ जनाका परिवारका आफन्तजनलाई राहत प्रदान गर्ने निर्णय गरेको छ ।  यस अवधीमा बाढी, पहिरो, आगलागी, चट्याङलगायतका कारण प्रदेशका विभिन्न जिल्लाका ५१ जनाले ज्यान गुमाएको प्रदेश सरकारले जनाएको छ । त्यस्तै मन्त्रीपरिषद बैठकले प्रदेशमा तीन वटा रंगशालाका बारेमा पनि निर्णय गरेको छ ।

जसमा दाङको राप्ती गाउपालिका ७ वसन्तपुरमा अन्तराष्ट्रिय रंगशाला वनाउन स्वीकृत प्रदान गरेको छ । जहा १ सय ७२ विगाहा १९ कठ्ठा १ धुर जग्गा गाउपालिकाले उपलब्ध गराउने बताइएको छ । त्यस्तै दाङकै घोराही उपमहानगरपालिका १६ मा रहेको नेत्रलाल अभागी रंगशालाको स्तरउन्नती गर्न पनि स्वीकृत प्रदान गरेको छ ।

 मन्त्रीपरिषद बैठकले बुटवल १३ जवइ खेल मैदानमा उजिरसिंह रंगशाला निर्माणका लागि पनि स्वीकृत प्रदान गरेको छ । मन्त्रीपरिषदबाट स्वीकृत प्राप्त भएपछि अब डिपिआर वनाउनेदेखि अन्य प्रक्रिया अगाडी बढ्ने बताइएको छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर