• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

दुवै पक्षसंग छलफल नभएसम्म एनसेलसँग कर नलिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले दुवै पक्षको छलफल नभएसम्मका लागि एनसेलसँग कर लिने कार्य नगर्न आदेश जारी गरेको छ । सर्वोच्चका न्यायधीस बमकुमार श्रेष्ठको एकल इजलासले ठूला करदाता कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । 

२४ वैशाखका लागि दुवै पक्षलाई छलफल गर्न सर्वोच्चले बोलाएको छ । सर्वोच्चले लाभकर निर्धारण विवादमा दुवै पक्षलाई बोलाउँदै उक्त अवधिसम्मका लागि कर लिने निर्णय यथास्थानमा राख्न भनेको हो । 

एनसेलका तर्फबाट कानुन अधिकृत रमेश घिमिरेको तर्फबाट प्रसन्न श्रेष्ठले उक्त रिट वारेस राखी दर्ता गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर