• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

पुनर्निर्माण प्राधिकरणका ४ हजार प्राविधिकद्वारा सामूहिक राजीनामा

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणका करिब ४ हजार प्राविधिकले एकैपटक सामूहिक राजिनामा दिएका छन् । उनीहरुले आजैबाट लागू हुनेगरी सामूहिक राजिनामा दिएको बताएका छन् । 

बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन जारी गर्दै उक्त समूहले राजिनामा दिएको बताएकाे हो । 

राष्ट्रिय पुनर्निर्माण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो । आफूहरूले अघि सारेका मागप्रति सरकार संवेदनशील नभएकोले बाध्य भएर सामूहिक राजीनामा दिएको समितिको ठहर छ ।

सरकारले चरणबद्ध आन्दोलन गर्दा पनि जायज मागप्रति कुनै सुनुवाइ नगरेकोले राजीनमा दिनुपरेको उनीहरुको भनाई छ । 

सअघि चैत्र १२ गते नेपाल इन्जिनियर्स एसोसिएसनको मध्यस्थतामा प्राधिकरण र आफूहरुबीच सहमति भएर एक साताभित्र सबै माग पूरा गराउने प्रतिबद्धतासहित काममा फर्किए पनि सरकारले उक्त सहमति उल्लंघन गरेको पनि समितिको आरोप छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर