• मंगलबार ४-७-२०७६/Tuesday 07-23-2019/ 05:07 am

दुर्घटना न्युनिकरण गर्न ठाउको ठाउ सुधार कार्यक्रम

बुटवल । बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न प्रदेश पाँचमा प्रहरीले नया कार्यक्रम अगाडी सारेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार साता ब्यापी कार्यक्रम प्रदेशभरी सञ्चालन गर्न लागिएको छ । दुर्घटना न्यूनिकरणको लागि ठाउको ठाउ सुधार कार्यक्रम अगाडी सारिएको छ । बिहिवार बुटवलमा आयोजित कार्यक्रममा वोल्दै प्रदेश ट्राफिक कार्यालयका प्रमुख  प्हरी उपरिक्षक गणेश चन्दले यही बैशाख १४ गतेबाट कार्यक्रम शुरु हुने र २० गतेसम्म जारी रहने बताए । 

बुटवलसहित विभिन्न शहरी क्षेत्रहरुका साथ सबै जिल्लामा कार्यक्रम गरिने छ । दुर्घटना न्यूनिकरण गर्न चालक तथा सहचालकहरुलाई सडकमै सडक सुरक्षासम्वन्धी प्रशिक्षण दिनेदेखि विभिन्न सचेतना मुलक कार्यक्रम गरिने प्रहरीले जनाएको छ । 

प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी पिताम्वर अधिकारीले यस अभियानमा गल्ती सुधार्न बढी जोड दिइने बताए । 

गैरजिम्मेवारपूर्ण कार्यशैलीमा सुधार ल्याउने गरी अभियान सञ्चालन हुने उनले बताए । दुर्घटनाको विश्लेषण गरेर जीवन रक्षलाई प्रथामिकतामा दिने भन्दै डीआइजी अधिकारीले दुर्घटना न्यूनिकरण गर्न सबै क्षेत्रको महत्व रहेको धारणा राखे । 

सडक दुर्घटना कम गर्न अटो रिक्साको ब्यवस्थापन गर्नुपर्ने देखि छाडा चौपायको ब्यवस्थापनमा ध्यान दिनुपर्नेमा सञ्चारकर्मीहरुले सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विप्लवका गतिविधिमा कमि आएको मुख्यमन्त्री शंकर पोखरेल दावी

  • ६ श्रावण, २०७६

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रदेश संसदको संसदीय समितिको बैठकमा पहिलो पटक उपस्थीत भएका छन । उनी सोमवार मुख्यमन्त्री तथा

मुख्यमन्त्रीलाई आएको निमन्त्रणामा मन्त्री र सांसदको टोली चीन जाने

  • ६ श्रावण, २०७६

बुटवल । प्रदेश नं. ५ को मन्त्रिपरिषद्को सोमवारको  बैठकले दुई वटा कार्यविधि स्वीकृत गरेको छ । बैठकले खानेपानी सरसफाई तथा स्वच्छता (वास) कार्यविधि र

खैरहनी नगरपालिकाद्वारा कार्यप्रगतिको विवरण सार्वजनिक

  • ६ श्रावण, २०७६

चितवन । चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्षमा गरेका कार्यप्रगतिको विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिकाले गरेका